News Portal

  • हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ असोज २०८१
    ९२० पटक
    भक्तपुर, ५ असोज २०८१

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रतिवद्धता प्रकट गरेका छन् । एकतामै बल हुने भन्दै उनले समूहको गठनप्रति खुशी प्रकट गर्दै सो प्रतिवद्धता प्रकट गरेका हुन् ।

    शनिबार साँझ नपलीस्थित नौनी घ्यू रेस्टुरेन्टमा सम्पन्न हाली ग्ह्वाली समूह र सांसद थापाबीचको अन्तरक्रियामा बोल्दै उनले आफूले दिनमा मात्र नभई राती सपनामा पनि जनताकै सेवा गरिरहेको देख्नेगरेको खुलासा गरे । जनप्रतिनिधि शासक नभई सेवक भएको भन्दै उनले जुनसुकै समयमा आफू जनसेवाको लागि तम्तयार रहेको बताए ।

    सल्लाघारीबासी हुनुका नाताले पनि र आफ्नै अग्रज एवं साथीहरू सम्मिलित समूह हाली ग्ह्वाली गठन हुँदा आफू उत्साहित भएको सांसद थापाको भनाइ छ । यसले आपसी भातृत्व बढाउने मात्र नभई सो क्षेत्रको पूर्वाधार बिकास, सार्वजनिक निर्माण, सरसफाइ , सामाजिक सेवा र आर्थिक विकासमा पनि योगदान गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।” तपाईंहरु अघि बढ्नुस, म सदैव साथमै हुनेछु ।” उनले भने ।

    हाली ग्ह्वाली समूहका अध्यक्ष राजेशमान मानन्धरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सल्लाघारीको ट्राफिक लाइट ब्यवस्थापन देखि तरकारी बजार ब्यवस्थापन, खानीपानीको समस्या समाधान र सार्वजनिकस्थलको सरसफाइ लगायतमा समूहले सहकार्य अघि बढाउने निष्कर्ष निकालिएको सचिव प्रविन्द्र बज्राचार्यले बताए ।

    गत वर्ष चैतमा गठन भएको हाली ग्ह्वाली समूहको उपाध्यक्षमा बद्री नागा रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी बिष्णु भक्त सिन्तकलाले पाएका छन् । समूहमा २५ परिवार सामेल रहेको कार्यसमितिका सदस्य श्यामभाइ मानन्धरले बताएका छन् ।

    सो समूहमा हाल सल्लाघारी क्षेत्रमा बसोबास गर्ने नेवा: समुदाय संगठित भएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...