News Portal

  • शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ असोज २०८१
    ६०३ पटक
    भक्तपुर, ५ असोज २०८१

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    शिक्षा पत्रकार समूहकाे शनिबार सम्पन्न १२ औं अधिवेशनले निर्जला कक्षपतिकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हो ।

    अध्यक्ष पदमा मतदान भएको निर्वाचन समितिले जनाएको छ । समितिका संयोजकले जनाए अनुसार ३० मत खसेकोमा १७ मत सहित कक्षपति निर्वाचित भएकी हुन् ।

    निर्वाचन समिति

    निर्वाचन समिति

    शिक्षा पत्रकारहरुको सबैभन्दा जेठो संस्था शिक्षा पत्रकार समूहमा ४७ सदस्य आवद्ध रहेका छन् । समूहका संस्थापकसमेत रहेका पूर्व अध्यक्ष सुदर्शन घिमिरे लगायतका केही सदस्यहरु भने मतदानमा सामेल नभई तठस्थ रहेका थिए ।

    अन्य पदहरुमा भने सर्वसम्मत भएको निर्वाचन समितिको भनाइ छ । वरिष्ठ उपाध्यक्षमा जनक नेपाल र उपाध्यक्षमा नवराज चालिसे निर्वाचित भएका छन् ।

    महासचिवमा भने राेशन क्षेत्री गाउँले दोहोरिएका छन् । उनी नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य हुन् । सचिवमा प्रज्ञा तिम्सीना निर्वाचित हुुँदा काेषाध्यक्षमा सबिना बानियाँ निर्वाचित भइन् । बानियाँ पनि नेपाल पत्रकार महासंघ भक्तपुरकी सदस्य हुन् ।

    अन्य सदस्यहरूमा कृष्णसिंह धामी, अमृता बुढाथाेकी, यम बम, हरिसुन्दर छुकां, राेजिना थापा कार्की, भागीरथी पण्डित र संजीप घिमिरे शुभचिन्तक निर्वाचित भएका छन् । सदस्यहरुमा छुकां नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य र शुभचिन्तक कार्यसमितिका सचिव हुन् ।

    नवनिर्वाचित अध्यक्ष निर्जला कक्षपतिले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता प्रकट गरेकी छन् भने निकटतम प्रतिस्पर्धी मल्लले चुनावी हारजीतले आगामी सक्रियतालाई असर नगर्ने प्रष्ट पारेका छन् ।

    नयाँ कार्यसमितिले शिक्षा मुद्दामा प्रमाणमा आधारित विषयवस्तु उठान गर्ने र शिक्षा पत्रकारहरूकाे क्षमता विकास गर्दै गहन मुद्दाकाे पैरवी गर्ने पूर्व अध्यक्ष सुदर्शन सिग्देलले बिश्वास व्यक्त गरेका छन् । सो अवसरमा पूर्व अध्यक्षहरु रोश्ना सुब्बा, तुला अधिकारी, नारायण अमृत, हरि थापा लगायतको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...