News Portal

  • कटुन्जे घट्टेखोलाको धारा जोड्न ३ सय ५० आवेदन, बसाइँसराइ र निर्माण सम्पन्नले सास्ती

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, ९ असोज २०८१
    ५४४ पटक
    सूर्यविनायक, ९ असोज २०८१

    कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जनश्रोत समितिमा नयाँ धारा जडानका लागि ३ सय ५० आवेदन परेको छ । २५ भदौ सम्ममा आवेदन दिन गरिएको सूचना अनुसार सो संख्यामा आवेदन परेको हो ।

    ३ सय ५० आवेदन परेपनि करिब १ सय ५० आवेदकले मात्र सम्पूर्ण कागजात पुर्याएको समितिका अध्यक्ष प्रकाशराज ढुङ्गेलले जनाएका छन् । पहिलो चरणमा उनीहरूलाई मात्र धारा उपलब्ध गराइने अध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

     

    सबै कागजात पुर्याएका आवेदकबाट धारा जडान शुल्क लिन मंगलबारदेखि शुरु गरिएको उनले बताए । जडान शुल्क बुझाउन क्षेत्रगत रुपमा मिति छुट्टाइएको छ ।

    हेर्नुस् जडान महसुल बुझाउने सम्बन्धी सूचना 

    कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जनश्रोत समितिका कोषाध्यक्ष जीवन बखुन्छेले बताए अनुसार नयाँ धारा जडान महसुल २२ हजर ९ सय ५० रुपैयाँ बुझाउनु पर्छ । आवेदकले ब्यवसायका लागि धारा लिन चाहेको भए ब्यवसायिक धाराको ४८ हजार २ सय ५० जडान शुल्क कायम गरिएको उनको भनाइ छ । बसाइँसराइ नगरेका आवेदकका लागि थप ७ हजार जडान शुल्क लिने कोषाध्यक्ष बखुन्छेले बताए ।

    खानेपानी मानिसको नैसर्गिक अधिकार भएको भन्दै यो वा त्यो बहानामा बढी शुल्क लिने वा, कागज नपुगेको भनेर धारा जडान रोक्न नमिल्ने समितिका पदाधिकारी नै बताउँछन् । समितिले घर निर्माण सम्पन्नको प्रमाणपत्र लाई नयाँ धारा जडानका लागि अनिवार्य गरेपछि समिति भित्रै असन्तुष्टि रहेको छ । आवेदकहरुले बसाइँसराइ नगरेको भन्दै बिभेदको राजनीति नगर्न र घर निर्माण भएपनि सम्पन्न लिन नसकेको आधारमा पानी खान पाउने अधिकार बाट बन्चित नगर्न समितिलाई आग्रह गरेका छन् ।

    नगरपालिकाको नक्सा फाँटको शुल्क उठाउने काम समितिको नभएको भन्दै क्षेत्र नम्बर ४ का अध्यक्ष रमेश खड्का सबै आवेदकलाई आवश्यकताको आधारमा धारा जडान गरिदिनुपर्ने बताउँछन् । “कागजको आधारमा होइन, आवश्यकताको आधारमा नयाँ धारा जडानको काम हुनुपर्छ ।” उनले भने । आफूले यसबारे समिति बैठकमा प्रस्ताव लैजाने बताउदै उनले समिति यसमा लचक हुने बिश्वास ब्यक्त गरेका छन् ।

    यस्ता छन् नयाँ धारा जडानका लागि आवश्यक कागजात

    कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जनश्रोत समितिमा हाल २ हजार ६ सय ७२ उपभोक्ता रहेका छन् । ३ सय ५० सबै आवेदकलाई धारा जडान गरेपनि पानी पुग्ने समिति श्रोतले जनाएको छ ।

    समितिले  ७ वटा पम्पबाट तानेर दैनिक २५ लाख लिटर पानी बितरण गर्दै आएको छ । ६ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गर्न सके थप ५ सय वटा धारा बितरण गर्न सकिने समितिको भनाइ छ ।

    प्रकाशराज ढुङ्गेलको नेतृत्वमा गतवर्ष असोजमा निर्वाचित भएर आएको वर्तमान कार्यसमितिले २ किमी नयाँ लाइन बिस्तार र पुनानो मरम्मत गर्न सफल भएको छ ।
    रु २१ लाख आफ्नै श्रोत लगानी गरी ३६ लाख रुपैयाँको लागतमा प्रति सेकेन्ड २० लिटर पानी तान्ने बोरिङ कस्पाल टोलमा निर्माण गरी प्रयोगमा ल्याएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...