News Portal

  • बीआरआईलाई कार्यान्वयनमा लैजान विज्ञहरुको जोड

    भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, १० असोज २०८१
    १०० पटक
    काठमाडौ, १० असोज २०८१

     

    बीआरआई चीनको मात्र महत्वाकांक्षी योजना नभएर यो समग्र विश्वको पूर्वाधार विकासको योजना भएको पनि विज्ञहरुले जोड दिए । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरिसकेकोले त्यसलाई कार्यान्वयन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । उनले बीआरआईबाट नेपालले राम्रो लाभ लिन सक्ने बताउँदै यसलाई विवादमा तान्न नहुनेमा जोड दिए । नेपाल र चीनवीच सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक सम्बन्ध परापूर्वकालदेखि बलियो र मित्रवत सम्वन्ध भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छिमेकी चीनको विकासलाई बीआरआर्ईको माध्यमबाट नेपाल र नेपालीको सम्बृद्धिको चाहाना पुरा गर्न मद्धत पुग्ने बताए ।

    कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का महासचिव तथा पूर्वमन्त्री देवप्रसाद गुरुङले बीआरआर्ई विकास र सम्मृद्धिको परियोजना भएको भन्दै नेपाललाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यस परियोजनाले सहयोग गर्ने भएकोले विलम्ब नगरी यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । तर, पछिल्लो समय बीआरआई परियोजनालाई बिभिन्न गलत अफवाह फैलाएर विवादित बनाउने र अन्ततः नेपालको विकासलाई अवरुद्ध गर्ने खेल भइरहेकोतर्फ उनले सबैलाई सतर्क गराए । माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बीआरआईलाई अगाडि बनाउने प्रयास लाग्दै गर्दा त्यसबाट तर्सेर केही राजनीतिक शक्तिहरुले अर्को गठबन्धन बनाएर प्रचण्ड सरकार ढाल्नेसम्मको षडयन्त्र गरेको पनि उनले खुलाए । उनले श्रीलंका लगायतका देशमा बीआरआई परियोजनालाई ऋणको भारका रुपमा अपब्याख्या गर्ने गरिएको भन्दै त्यसका तथ्यहरुसमेत उनले प्रस्तुत गरे । ।

    कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष गुरुप्रसाद बरालले बीआरआर्ईको माध्यमबाट नेपालको अन्तराष्ट्रिय पहुँच अभिवृद्धि हुने भएकोले नेपालको हित अनुरुप चीनसँग सहकार्य गरी बिआरआईलाई उपयोग गर्नुपर्ने बताए । उनले बीआरआईलाई नेपालले आफ्नो हितमा विना हिच्किचाहट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    त्यसैगरी पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले)का महासचिव सीपी मैनालीले बीआरआई सम्वन्धी धेरै दुस्प्रचार पनि भएको भन्दै त्यसलाई चिर्दै कार्यान्वन गर्न सकेमा धेरै सम्भावनाका ढोकाहरु खुल्ने बताए । साथै नेपालको मौलिकतामा विकास गर्न सकेमा दिगो हुने भन्दै नेपालको प्राथमिकता र महत्वका आयोजनाहरु छनौट गरेर बीआरआईलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।

    नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा पूर्वसांसद जगन्नाथ खतिवडाले नेपालको आन्तरिक गृहकार्यको अभावका कारण बीआरआई परियोजनाको कार्यान्वयन हुन नसकेको भन्दै नेपालले आफ्नो बलियो सर्तसहित यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । चीनले नेपालको स्वाधिनतामाथि आँच आउने कुनै पनि काम नगरेको उल्लेख गर्दै उपाध्यक्ष खतिवडाले बीआरआर्ईलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्ने बताए ।

    कार्यक्रममा रुसका लागि पूर्व नेपाली राजदूत, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बीआरआई परियोजनामा नेपालका सबै दलहरुको सहमति रहेको भन्दै यसको कार्यान्वयन गर्न सकेमा नेपालमा कसैले पनि नाकाबन्दी गर्न नसक्ने भन्दै बीआरआई वैकल्पिक मार्गको आधार भएको बताए । बीआरआई परियोजना मार्फत तिव्बतमा आउने पर्यटकहरुलाई लुम्विनीसम्म ल्याउन सकेमा बढि भन्दा बढि फाईदा लिन सकिने र लुम्विनी पुग्ने पर्यटक नजिकै भारतको सारनाथ, कुशीनगर र गयामा पनि पुग्ने हुनाले बीआरआईबाट भारतले पनि धेरै फाईदा लिन सक्ने बताए ।

    संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपाल जस्तो कम विकसित राष्ट्रले पूर्वाधारको विकास र रोजगारी तथा आर्थिक बृद्धि विना आगाडि बढ्न नसक्ने भन्दै बीआरआई मुख्यत पुर्वाधारको विकास र सम्बृद्धिसँग जोडिएको परियोजना भएकोले यसको कार्यान्वयनमा जोड दिए । उनले ऋण सबै नराम्रो नहुने भन्दै बरु पूर्ण रुपमा अनुदान लिएमा त्यसबाट देशको स्वाधिनता र स्वाभिमानमाथि खतरा आउन सक्ने बताए । उनले नेपाललाई फाइदा हुनसक्ने गरी ऋण लिएर पूर्वाधार विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा चीनको राजधानी पैचिङबाट सिजिटिएन नेपाली सेवाका प्रमुख सुमेघाले भिडियो सन्देश पठाउदै चीनले आफुमात्रै धनी र सम्पन्न नबनी छिमेकी र अरुलाई पनि सम्पन्न र विकसित बनाउने नीति लिएको भन्दै बीआरआई अगाडि बढेसँगै चीन र नेपाल दुबै सहकार्य र साझेदारी मार्फत समृद्धिको मार्गमा अगाडि बढ्ने बताइन ।

    कार्यक्रममा चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले नयाँ चीनको स्थापनाको ७५ औँ बार्षिक उत्सवको अवसरमा चिनियाँ जनतालाई शुभकामना व्यक्त गर्दै नेपालको भौतिक पूर्वाधार र कनेक्टीभीटीमा बीआरआईले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अन्तरक्रिया कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै बीआरआई परियोजनाबाट नेपालले लिने सक्ने अवसर र त्यसका केही चुनौतीबारे ब्याख्या गरेका थिए ।

    नेपाल–चीन मैत्री युवा संघका अध्यक्ष विष्णु प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न सो अन्तरक्रियालाई फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले सहजीकरण गरेका थिए । अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपालस्थित मैत्री संस्थाका पदाधिकारी तथा प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, शिक्षक, विद्यार्थी र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...