News Portal

  • भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव गर्ने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० असोज २०८१
    ३४९ पटक
    bhaktapur municipalityभक्तपुर, १० असोज २०८१

    भक्तपुर नगरपालिका आफैंले भक्तपुर महोत्सव गर्ने भएको छ । आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिन भक्तपुर महोत्सव हुने भएको हो ।

    भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १ सय ६१ सदस्यीय महोत्सव मूल समारोह समिति समेत गठन गरिएको नगरपालिकाले जनाएको छ । समितिमा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, बुद्धिजीवीहरु, संघ संस्था प्रमुखहरु र अन्य प्रतिष्ठित व्यक्ति रहेका छन् ।

    आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै भक्तपुरको कला संस्कृति, सीप, जीवनशैली, सभ्यता, मौलिकता र स्थानीय उत्पादन लगायतको प्रवर्द्धन गर्ने महोत्सवको उदेश्य रहेको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

    नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रकाशन समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा स्वयम्सेवक तथा खेलकुद व्यवस्थापन समिति, वडाध्यक्ष हरिप्रसाद बासुकलाको अध्यक्षतामा खाना महोत्सव व्यवस्थापन तथा सहकारी संस्थाहरुसँग समन्वय समिति गठन गरिएको छ ।

    त्यसैगरी वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा हस्तकला तथा जीवनशैली प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा निर्माण तथा मर्मत समिति, वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा खानेपानी तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा व्यापार मेला व्यवस्थापन समिति, वडाध्यक्ष कृष्णप्रसाद कोजुको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको संयोजकत्वमा नौका बिहार र दिपावली व्यवस्थापन समिति र कार्यपालिका सदस्य रोशनमैंया सुवालको संयोजकत्वमा बालमैत्री गतिविधि व्यवस्थापन समिति गठन गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...