News Portal

  • आइतबारसम्म बिपदको जोखिम, उच्च सतर्कता अपनाउन सिडिओको आग्रह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असोज २०८१
    २७९ पटक
    roshani shreshtha cdoभक्तपुर, ११ असोज २०८१

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आइतबार सम्म बिपदको जोखिम भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । मौसम बिज्ञान बिभागले भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेकी हुन् ।

    जिल्लास्थित हनुमन्ते र मनोहरा लगायत खोला र खोल्साहरुमा पानीको बहाव बढ्ने र बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन तथा रातको समयमा खोला,खोल्सा र पोखरी किनारको यात्रा नगर्न सिडिओ श्रेष्ठले सुझाव समेत दिएकी छन् ।

    त्यस्तै, चाँगुनारायण नगरपालिका लगायत सूर्यविनायक र मध्यपुर थिमिका भिरालो क्षेत्रमा पहिरोको जोखिम बढ्नसक्ने बताउदै सतर्क रहन आग्रह गरिन । उच्च जोखिमयुक्त भिरालो क्षेत्रमा नबस्न र सो स्थानमा घर भए वर्षाले माटो बगाउन नदिन प्लास्टिकले छोप्ने ब्यवस्थाका लागि उनले आग्रह गरेकी छन् ।

    जिल्लास्थित सुरक्षा निकायलाई सम्भावित प्रकोपको प्रतिकार्यका लागि अलर्ट गराइएको जानकारी दिदै सिडिओ श्रेष्ठले उच्च जोखिम रहेको क्षेत्र पहिचान गरी निगरानी र उद्धारको प्रवन्ध मिलाइएको बताइन् ।

    उच्च मनसुनी वर्षाको प्रक्षेपणले गर्दा देशैभर उच्च सावधानी अपनाउन गृह मन्त्रालयले पनि आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन समेत रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ आज र १२ गते भोलि रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...