News Portal

  • युथ समिटमा भक्तपुरका उपष्मा र राजवीको उत्कृष्ट प्रदर्शन, श्रीलंकामा गुञ्जियो सचिका चिना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ असोज २०८१
    ७६७ पटक
    भक्तपुर, ११ असोज २०८१

    श्रीलंकाको रिजनल युथ समिटमा भक्तपुरको मातृभूमि स्कूलका दुई विद्यार्थीले उत्कृष्ट प्रतिनिधित्व गरेका छन् । मातृभूमिका उपष्मा कायष्थ र राजवी रावतले नेपालका तर्फबाट उत्कृष्ट प्रतिनिधित्व गरेका हुन् ।

    गत मंगलबाट शुरु सो समिटमा दक्षिण एसियाका ६ देशबाट ७८ जनाले सहभागिता जनाएका छन् । आफ्नो देशको कला र संस्कृतिको आदानप्रदान गर्ने कार्यक्रममा उपष्मा र राजवीले नेपालको मौलिकता र पहिचान झल्कने प्रस्तुती दिन सफल भएका थिए । त्यसका साथै उनीहरुले भक्तपुरको कला र संस्कृतीको प्रवर्द्धनसमेत गरेका छन् ।

    उनीहरुले प्रस्तुत गरेको नेवारी गीत समिटका अन्य सहभागिले पनि निकै मन पराएका छन् । सचिका चिनामा उनीहरुको प्रस्तुती पछि धेरै सहभागीको स्वरमा सो गीत गुञ्जिएको छ ।

    देशको प्रतिनिधित्व गर्न पाउँदा भक्तपुरका उपष्मा र राजवी पनि दंग छन् । समिटले आपसी सम्बन्ध र भाइचारा बढाउँन सहयोग पुर्याउने उनीहरुले बिश्वास व्यक्त गरेका छन् । त्यस्तै समिटमा सहभागि भएर आफूहरुको आत्मविश्वासमा वृद्धि भएको उनीहरुले बताएका छन् ।

    समिटले सहभागीहरुको नेतृत्व विकास गर्ने आयोजकले जनाएको छ । त्यस्तैगरी कला संस्कृतीको आदान प्रदान र क्षेत्रीय सद्भाव अभिवृद्धि गर्नु पनि समिटको उदेश्य रहेको बताइएको छ ।

    हेर्नुस् सचिका चिना

    https://www.facebook.com/share/v/YeVUawH8CGhWH6aK/?mibextid=oFDknk

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...