News Portal

  • सरकारले सुनेन टहरोमाथि बसेर गरेको गुहार, नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता

    भक्तपुर, १२ असोज २०८१
    ६०८ पटक
    भक्तपुर, १२ असोज २०८१

    नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान करिब सवा ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई नख्खु खोलाले बगाएको छ ।

    प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् ।

    नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुँदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    टहरोमाथि बसेर गरेको गुहार न सरकारले सुन्यो न त उद्धारकर्ताले नै । अन्तत उनीहरुलाई बाढीले बगायो । अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    अपडेट : स्थानीय पूर्ण केसीको नेतृत्वमा ३ जनालाई उद्धार गरी पाटन अस्पताल पुर्याउन सफलता प्राप्त भएको खबर छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...