News Portal

  • भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ असोज २०८१
    ३९४ पटक
    भक्तपुर, १२ असोज २०८१

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र उनकी बहिनी रहेका वडासदस्य बिक्रम तामाङ्गले बताएका छन् ।  घटना शनिवार बिहान करिब ७ बजे भएको उनको भनाइ छ । आफ्नो घरमा पहिरो जाने खतरा भएपछि  बहिनी दिदीको घरमा आश्रय लिन पुगेकी थिइन् । परिवारमा रहेका सुकुमायाका पति र छोरा भने भागेर बाहिर निस्कन सफल भएका बताइएको छ । ”उहाँहरुलाई पनि जस्ताले काटेर घाइते हुनुहुन्छ, अस्पताल पुर्याउन सकिएको छैन ।” वडा सदस्य विक्रमले भने ।

    वडा सदस्य बिक्रम तामाङ्गले घटना लगत्तै प्रहरीलाई खबर गरेको बताएका छन् । ठाउँ ठाउँमा पहिरो गएकाले उद्धारमा पुग्न नसकिएको उनको भनाइ छ । जिल्ला प्रहरी वृत्त जगातीकी डिएसपी दिप्ती कार्कीले भने घटनास्थलमा प्रहरी पठाई सकिएको बताएकी छन् ।

    दर्जनौं ठाउँमा पहिरो गएको र अझै अविरल पानी परिरहेकोले घटनास्थलमा पुग्न सकिने अवस्था नरहेको स्थानीय सरोज लामा बताउँछन् । शुक्रवार बाट नै बिजुली गएकाले मोबाइलमा चार्ज नहुँदा सम्पर्कमा समेत समस्या भएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...