News Portal

  • पलाँसेमा पनि पहिरो, गर्भवती दमिलासंगै गयो उनको छोरी र बहिनीको ज्यान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ असोज २०८१
    ४५२ पटक
    भक्तपुर, १२ असोज २०८१

    भक्तपुरको सूर्यविनायक-९ पलाँसे, मगरगाउँमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब साढे ८ बजेको  समयमा पहिरोले उनीहरू बस्दै आएको टहरा पुरिएपछि ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा कालिकोटको सानी त्रिवेणी गाउँपालिका-५ घर भै  पलासे मगरगाउँ बस्ने २४ वर्षीया दमिला शाही, उनको ४ वर्षीया छोरी प्रिया र उनकी १४ वर्षीया बहिनी मनिसा शाही रहेका छन् ।

    दमिला गर्भवती थिइन् । उनको ज्यान गएसंगै उनको पेटमा रहेको ९ महिने शिशुले पनि यो संसार देख्न पाएनन् । घर मुली रहेका दमिलाका श्रीमान् २७ वर्षीय गणेश बम भने बाच्न सफल भएका छन् । उनी दुध लिन बाहिर गएको बेला पहिरोले टहरा पुरिएको जिल्ला प्रहरी बृत्त जगातीकी डिएसपी दिप्ती कार्कीले जानकारी दिइन् ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण दुवाकोटबाट खटिएको सप्रनि भुपाल बिक्रम शाहको कमान्डमा रहेको टोलीले शव बाहिर निकालेको हो ।

    उनीहरूको शवलाई पोस्ट मार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पताल पठाइने प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताएकी छन् । प्रकोपको जोखिम कायमै रहेकोले उच्च सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...