News Portal

  • विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १६ असोज २०८०
    ८४६ पटक
    भक्तपुर, १६ असोज २०८०

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो ।

    बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच चौलागाईंलाई सर्वोत्कृष्ट नतिजाका लागि विशेष सम्मान गरिएको थियो । चौलागाईं कक्षा ११ मा पनि सोही विद्यालयमा भर्ना भइ अध्ययनरत छिन् । कार्यक्रममा एसईई उत्तीर्ण अन्य विद्यार्थी पनि सम्मानित भएका थिए ।

    सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले विद्यार्थी निकेतनले आफ्नो पुरानो शैक्षिक बिरासत फर्काउने बिश्वास ब्यक्त गरे । “नयाँ नेतृत्व र सक्षम समूहका कारण विद्यार्थी निकेतन अघि बढ्दैछ ।” उनले भने ।

    स्थापनाको ६ दशक भन्दा लामो समयदेखि शिक्षाको ज्योति छर्दैरहेको विद्यार्थी निकेतनसंग अन्य विद्यालयबीच प्रतिस्पर्धा गर्दै अघि बढ्नुको बिकल्प नभएको उनले बताए । शिक्षकले विद्यार्थीलाई आफ्नै सन्तान झै माया गर्नसके जुनसुकै विद्यालयको पनि प्रगति हुने उनको भनाइ छ ।

    त्यसैगरी विब्यसका अध्यक्ष तथा भक्तपुर-५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंले विद्यार्थी निकेतन पुरानो इतिहास बोकेको विद्यालय भएको भन्दै यसलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउनपर्ने आवश्यकता औल्याए । यसका लागि स्थानीय सरकारको सधै साथ र सहयोग रहने उनले प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले आफ्ना विविध प्रतिभा पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले एक आपसमा दशैको शुभकामना समेत साटासाट गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...