News Portal

  • स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव आवश्यक : मन्त्री थापा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ असोज २०८१
    ४५० पटक
    भक्तपुर, २१ असोज २०८१

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार मातहतको स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने आवश्यकता औल्याएका छन् । प्रशासनका सचिवले मन्त्रालयको आवश्यकता पुरा नहुने बताउँदै उनले प्राविधिक सचिव हुनुपर्ने आवश्यकता औल्याएका हुन् ।

    गृह जिल्ला भक्तपुरका पत्रकारसंग सोमबार कुराकानी गर्दै मन्त्री थापाले भने, ”स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकोले यसको प्रभावकारी कार्यसम्पादनमा प्राविधिक सचिव आवश्यक छ ।” सो अवसरमा मन्त्री थापाले संघीयतामा प्रदेश सरकार बलियो हुनुको बिकल्प नभएको बताउदै कर्मचारीतन्त्र जागिरे मानसिकताबाट मुक्त नहुँदा जनतामा प्रदेश सरकारप्रति असन्तुष्टि रहेको गुनासो गरे ।

    ”प्रदेशको स्वास्थ्य क्षेत्रमा संघीय सरकारको उपस्थिति न्यून छ ।” उनले भने, ”प्रदेशको प्रभावकारीता देखाउन प्रदेश सरकार मातहतका अस्पतालले अधिकतम सेवा प्रवाह गर्नुपर्दछ ।” उनले प्रदेश सरकारप्रति अपनत्व बढाउँन प्रदेश मातहतका कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीसाथ पूरा गर्नुपर्ने प्रष्ट पारे ।

    मन्त्री थापाले प्रदेशका १३ वटै जिल्लामा प्रादेशिक अस्पताल रहेको उल्लेख गर्दै ती अस्पतालमा मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको नि: शुल्क परीक्षण हुने जानकारी दिए । गरीव तथा असहाय र जेष्ठ नागरिकका लागि प्रदेश मातहतको अस्पतालमा निशुल्क उपचार सेवा उपलब्ध गराइएको बताउँदै मन्त्री थापाले भक्तपुर अस्पताल उपत्यकामै प्रदेशको नमूना अस्पतालको रुपमा बिकास भैरहेको पनि बताए । ” भक्तपुर अस्पताललाई ३ सय सैयामा बिस्तार गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको छ ।” उनले भने ।

    स्वास्थ्य मन्त्री थापाले बागमती प्रदेशलाई स्वास्थ्यको क्षेत्रमा नमूना प्रदेश बनाउने जिकिर गर्दै सोका लागि अल्पकालीन र दीर्घकालीन लक्ष निर्धारण गरिएको समेत जाकारी दिए । ”म मन्त्री रहुँला या नरहुँला, बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई सही ट्राक दिन्छु ।” उनले दावी गरे ।

    सूर्यविनायक नगर क्षेत्रका प्रदेश सांसद समेत रहेका मन्त्री थापाले गत साता पहिरोमा परी सूर्यविनायक नगरमा ५ जनाले ज्यान गुमाएको र प्रदेशमा सयौं नागरिकले ज्यान गुमाउनुपरेको प्रति दु:ख व्यक्त गरे । उनले मृतक परिवारलाई तत्काल प्रदेश सरकारले २ लाख राहत दिएको र घाइतेको निशुल्क उपचार गरिरहेको पनि जानकारी गराए । बाढी पहिरोले सबैभन्दा बढी क्षती काभ्रेमा गरेको बताउँदै उनले आफूले आज  मेथिनकोट अस्पतालको निरीक्षण गरी फर्किएको र बाढीपहिरो पिडित परिवारको मर्म अनुरुप अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्टलाई आवस्यक निर्देशन दिएको बताए ।

    ”भक्तपुरको एउटा सांसद मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा धेरै राम्रो काम भएको थियो भन्ने मानक बनाउँछु ।” उनले भने । आफ्नो राजनीतिक यात्रा लामो भएको भन्दै उनले आफ्नो कामले भक्तपुरबासीको शिर उचों बनाउने बताए । ”मेरो कार्यकालमा प्रदेशकै स्वास्थ्य क्षेत्रमा प्रगती त हुन्छ नै भक्तपुरले समेत सदियौं सम्झन लायक काम गर्छु ।” उनले ठोकुवा गरे ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...