News Portal

  • विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ असोज २०८१
    ७९९ पटक
    भक्तपुर, २६ असोज २०८१

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका सहयोगापेक्षीहरुलाई मिष्ठान्न भोजन प्रदान गरिएको हो ।

    विजयादशमीको पावन दिनमा कोही भोकै नरहुन् भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक समाजसेवी नवराज काफ्लेले बताएका छन् ।

    सो अवसरमा सडकको आश्रयमा रहेका एक सय बढी मानिसलाई भोजन गराइएको उनको भनाइ छ । भक्तपुरका ४ नगर मध्ये सबैभन्दा बढी सडक मानव मध्यपुर थिमि नगरभित्र भेटिएका उनले जानकारी दिए ।

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटाईएको प्रतिनिधिबाट सडकमा रहेका सहयोगापेक्षीको पहिचान गरिएको समाजसेवी काफ्लेले जानकारी गराएका छन् । कतिपयको त परिवारै सडकमा पाइएको छ । नगरपालिकाले बनाएका पाटीहरुलाई उनीहरुले आफ्नो आश्रयस्थल बनाउदै मजदुरी, फोहर संकलन र माग्ने कार्यगरी जिविका चलाएका देखिन्छ ।

    भोजन सेवा कार्यक्रममा वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चागुनारायण नगरपालिका-२ का वडाध्यक्ष सोमप्रसाद प्रधान र राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जित लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आधा दर्जन संघसंस्थाले सहयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...