News Portal

  • शनिवार पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी ख्वाईने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ कार्तिक २०८१
    ७४२ पटक
    भक्तपुर, २ कार्तिक २०८१

    के तपाईले आफ्ना बालबालिकालाई ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी ख्वाउनुभयो ? कात्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम छ ।

    सो कार्यक्रम अन्तर्गत शुक्रवार भक्तपुरका बालबालिकालाई पनि भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइएको छ । शनिवार पनि दिनभर सो कार्यक्रम संचालन हुनेछ ।

    स्वास्थ्य कार्यालय भक्तपुरका निमित्त प्रमुख शान्तिराम खतिवडाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम भैरहेको छ । उनले शुक्रवार छुटेका बालबालिकालाई शनिवार भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने जानकारी दिएका छन् ।

    देशभर २१ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै छ भने जुकाको औषधी खाने बालबालिकाको संख्या १९ लाख रहेको छ ।

    सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते यसैगरी भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

    बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन, छाला रोगको समस्या, शारीरिक तथा मानसिक विकासमा कमी, दाँत र हड्डीको विकासमा कमी, कुपोषण र बाल मृत्‍युदरको उच्च जोखिम रहने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...