News Portal

  • सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ कार्तिक २०८१
    ५७३ पटक
    भक्तपुर, ८ कार्तिक २०८१

    भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो ।

    आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यको वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै प्रथम भएको बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।  स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा भक्तपुर अस्पताल प्रदेशकै प्रथम भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा नरेन्द्रकुमार झाले बताएका छन् ।

    हेटौडामा आयोजित समीक्षा गोष्ठीमा भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमलाई प्रदेशका  मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले बुधबार पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका छन् । प्रथम पुरस्कारस्वरुप फ्रिज जगायतका सामाग्री प्रदान गरिएको छ । सो मूल्यांकनमा सिन्धुली अस्पताल र धादिङ अस्पतालले क्रमशः दोश्रो र तेस्रो पुरस्कार पाएका छन् ।

    भक्तपुर अस्पतालले यसअघि पनि प्रथम पुरस्कार प्राप्त गरेको थियो । डा गौतमकै पहिलो कार्यकालमा आर्थिक बर्ष २०७६ /७७ को वार्षिक समिक्षा गर्दा भक्तपुर अस्पताल पहिलोपटक कार्यसम्पादनमा प्रथम भएको थियो । दोस्रो पटक पनि उनकै कार्यकालमा सर्वोत्कृष्ट पुरस्कार पाएको भक्तपुर अस्पताल यसपटक पनि ह्याट्रिक गर्दै पुन: प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापक प्रकृति आचार्यले बताइन ।

    डा गौतमको नेतृत्वमा रहेको भक्तपुर अस्पताल न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा समेत यो वर्ष ९७ अंक प्राप्त गरी प्रदेशभरिकै सर्वोत्कृष्ट अस्पतालको रुपमा रहेको छ ।

    वीर अस्पताल पछिको उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि भक्तपुर अस्पतालमा डा सुमित्रा गौतमको नेतृत्व पछि द्रुत बिकास भएको वडाध्यक्ष श्यामकृष्ण खत्री बताउँछन् । १ सय १६ वर्ष पछि डा गौतमकै नेतृत्वमा अस्पतालले आइसीयु सेवा संचालन गर्न सफल भएपछि दुरवीन विधिबाट शल्यक्रिया देखि आफ्नै अक्सिजन प्लान्ट र सिटी स्क्यान मेसिन समेत थपिएको छ । दैनिक १ हजार बढी बिरामीलाई ओपिडी सेवा उपलब्ध गराइरहेको यो  अस्पताललाई ३ सय शैयामा बिस्तार गर्ने प्रदेश सरकारले घोषणा गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...