News Portal

  • संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका छन् : मेयर खत्री

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, १२ कार्तिक २०८१
    ३९० पटक
    चाँगुनारायण, १२ कार्तिक २०८१

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका बताएका छन् । जनताको घर आगनमै रहेको सरकारमाथि आनावश्यक भ्रम छर्दै हिड्नेहरु ब्यवस्था बिरोधी भएका उनको भनाइ छ ।

    आइतबार राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले स्थापनाको छोटो अवधीमै उल्लेखनीय प्रगति गरेको दावी गरे । दर्जनौं उपलब्धि हासिल गरेपनि प्रचार हुन नसकेको उनको गुनासो छ ।

    चाँगुनारायण वायुगुणस्तरको सुधारका लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको उनले बताए।

    ‘सरसफाइको तालिम दिने र वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशैभरमा पहिलाे हाे ।’, उनले भने ।

    भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेको नगर प्रमुख खत्रीले बताएका छन् । स्वास्थ्य र शिक्षालाई प्राथमिकता पूर्वक अघि बढाइरहेको उनले बताए ।

    नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएकाे पनि बताएका छन् । त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि याेजना बनाइरहेको नगर प्रमुख खत्री जानकारी दिए । सडक संजाल र यातायात सुविधाको ब्यवस्थापन र संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत गर्न ताकेता भैरहेको उनको भनाइ छ ।

    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताए । बिपद ब्यवस्थापनमा गरिएको पूर्वतयारीले यो पटक मानवीय क्षती रोक्न सफल भएको प्रमुख खत्रीले जिकिर गरे । पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको पनि उनले जानकारी दिए ।

    अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी दिए । बस नचल्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले बताए ।

    Ramesh Budhathoki.jpg

    नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण नगर अस्पताललाई शैया वृद्धि सहित स्तरोन्नति गरिएपनि  सरकारबाट स्वीकृति नपाएको उनको गुनासो छ ।

    नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका कारण स्थानीयकाे उपचारमा समस्या भएकाे उप प्रमुख बुढाथोकीले बताए ।

    उपप्रमुख बुढाथोकीका अनुसार, एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ । नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल इन्जिनियरिङ कलेज प्रति भने उनले असन्तुष्टि प्रकट गरेका छन् । “ख्वप: कलेजले ७ लाखमा इन्जिनियर बनाउदा हाम्रो कलेजले १२ लाख लिनु उचित होइन ।” उनले भने ।

    हालैको बाढी पहिरोले ‘डोजरे विकास’ भएका क्षेत्रमा बढी क्षति भएको स्वीकार गर्दै उनले नगरपालिकाको स्वीकृति लिएर भएका कार्यहरुमा अवरोध गर्न नमिल्ने अवस्था रहेको अवगत गराए । मनलाग्दी जथाभावी तरिकाले डोजर लगाएको समाचारको आधारमा अघिल्लो वर्ष एकै ब्यक्ति बाट  रु ६० लाख सम्म जरिवाना गराइएको स्मरण गर्दै उनले समाचार र सूचनाका लागि सञ्चार जगतलाई धन्यवाद ज्ञापन गरे ।

    Suraj Paudel.jpg

    कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष साेमप्रसाद प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी आफ्नै वडाको सामुदायिक विद्यालयको रहेको उनले बताए । तर, सामुदायिक विद्यालय पढाउने शिक्षकले आफ्ना बालबालिकाहरु भने निजी विद्यालयमा पढाउँदा विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको अध्यक्ष प्रधानकाे भनाइ छ । वडाबासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ् कार्यक्रम’ लागू गराउने उनले जानकारी दिएका छन् ।

    2 no.jpg

    ६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पुरा गर्ने प्रयास गरिएको दाबी गर्दै वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडककाे दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको लामाले बताए । भूकम्पका कारण थलिएको अर्थतन्त्र र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पनि नगरकाेटमा पर्यटक घट्दै गएको उनले बताए । नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको वडाध्यक्ष लामाले बताए ।

    6 no.jpg

    कार्यक्रममा बोल्दै ७ नम्बर वडाका अध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठले आफूले अघिल्ला वडाध्यक्षका राम्रा कार्यहरुलाई निरन्तरता दिएको र आफूले बिकासमा कुनै बिभेद नगरी आवश्यकताका आधारमा योजनाहरु बनाएको बताए । ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माणका साथै पूर्वाधार बिकास तथा स्थानीयको आयआर्जन वृद्धिमा  आफू केन्द्रित रहेको उनले बताए ।

    7 no.jpg

    कार्यक्रममा नगरपालिकाकाको तर्फबाट प्रशासन प्रमुख सुरज पौडेलले र राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापति र सल्लाहकार पुष्करराज बुढाथोकीले विषय उठान गरेका थिए ।

    कार्यक्रममा नगरपालिकाको सामाजिक शाखा प्रमुख निला घिमिरे लगायत कर्मचारी एवं नेपाल पत्रकार महासंघ काठमाडौका सचिव महेश गौतम, भक्तपुर सचिव संजीप शुभचिन्तक लगायत स्थानीय सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    462551465_856276263386970_1627627721708995667_n.jpg

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...