News Portal

  • नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ कार्तिक २०८१
    ७६८ पटक
    durlav thapa sher bahadur deubaभक्तपुर, १७ कार्तिक २०८१

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका अन्य पार्टीसंग पनि समन्वय गर्न सुझाव दिएका छन् । भक्तपुर नेमकिपाको मात्र नठान्न बिजुक्छेंलाई देउवाले सुझाव दिएका हुन् ।

    “भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको दायित्व हो । उनले भने, ”भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नु भएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्नपनि पाइदैन ।”

    कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको क्रियाकलापले काँग्रेसलाई फाइदा पुगेको पनि बताएका छन् । प्रतिपक्षीको आलोचनालाई खराब मान्न नहुने भन्दै उनले विपक्षीबाट आएका आलोचनालाई गम्भिरताका साथ लिएर सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने आवश्यकता औल्याएका छन् । आफूले प्रधानमन्त्रीलाई प्रोत्साहन गरिरहेको र सरकार पुरै समय चल्ने समेत उनले बताएका छन् ।

    शनिवार भक्तपुर क्याम्पस परिसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले नेपाल संवत ११४५ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवा नेमकिपा माथि खनिएका हुन् । भक्तपुर नगरपालिकाले भाज्या पोखरीको दक्षिण तर्फ ट्रयाक खोल्न भक्तपुर क्याम्पसको गेटमा डोजर चलाएपछि भक्तपुर काँग्रेस असन्तुष्ट रहेको छ । भक्तपुर क्याम्पस स्वविवुमा नेपाली काँग्रेसको विद्यार्थी संगठनको नेतृत्व रहेको छ । सोही विषयमा बिरोध स्वरुप काँग्रेसले शुभकामना कार्यक्रम भक्तपुर क्याम्पस परिसरमा आयोजना गरेको बताइन्छ ।

    सो अवसरमा प्रतिनिधि सभा सदस्य समेत रहेका जिल्ला सभापति दुर्लभ थापाले नेमकिपाको कारण जनताले धेरै दुःख पाएको दावी गरे ।भक्तपुर क्याम्पसमा भक्तपुर नगरपालिकाले भौतिक आक्रमण गरेको उनको आरोप छ । ”एकातिर सरकारी क्याम्पसमाथि आक्रमण गर्ने, अर्कोतर्फ ख्वप विश्वविद्यालय चाहियो भनेर माग्ने? उनले आक्रोश पोखे ।

    नेमकिपाले पाटी निकटका विद्यालय र कलेजहरुलाई मात्र प्रश्रय दिएको आरोप लगाउदैं उनले भने, ”नारायणमानको दस्तावेज पढाउने विद्यालय र कलेजहरु आवश्यक छैन, यसतर्फ सबै पार्टीको ध्यान जानु जरुरी छ ।”

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाली काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, बागमति प्रदेश सभापति ईन्द्र बाँनियाँ, जिल्ला नेता रविन्द्र प्रधान, यादव प्रसाद अधिकारीलगायतले समेत सम्बोधन गरेका थिए । सो अवसरमा प्रदेश सांसद सुरेश श्रेष्ठ, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, नेपाली काँग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, रजनी जोन्छे लगायतको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...