News Portal

  • पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, २३ कार्तिक २०८१
    २३७ पटक
    मध्यपुर थिमि, २३ कार्तिक २०८१

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले महोत्सव आयोजना गर्ने भएको हो ।

    शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी गराएको छ । पौष १२, १३ र १४ गते तीन दिनसम्म मध्यपुर महोत्सव गर्ने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् ।

    नयाँ थिमिको शंखधर चोक देखि नगदेश र बोदे हुँदै तिगनीको निलबाराही स्थानसम्मको ऐतिहासिक क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिने नगर प्रमुख श्रेष्ठले प्रष्ट पारेका छन् । सो क्षेत्र करिब साढे ५ किलोमिटर लामो रहेको छ ।

    मध्यपुर थिमिका मुख्य ऐतिहासिक एवं पुरातात्त्विक स्मारकहरु अवलोकन गर्न सकिने गरि डिजाइन गरिएको महोत्सवमा स्थानीय जात्रा, नाच र सास्कृतिक पर्वहरुको पनि पहिचान झल्कने प्रस्तुति गरिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् । त्यसका अलावा परम्परागत पेशा, ब्यवसाय, सीप र जीवनशैली पनि प्रत्यक्ष हेर्न सकिने ब्यवस्था मिलाइएको उनले बताए । महोत्सवमा स्थानीय उत्पादनमा मध्यपुरले प्रसिद्धि कमाएको माटोका भाडाहरु, मुकुण्डो, चिउरा र नेवारी खानाको बिक्री स्टलहरु समेत राखिने बताइएको छ ।

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले महोत्सव आयोजक समिति र सचिवालय बनाएर काम गरिरहेको बताए । १० उपसमिति समेत बनाइएको बताउँदै उनले महोत्सवमा करिब २ करोड खर्च हुने अनुमान गरिएको र करिब ५ लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा राखिएको जानकारी दिए । सो अवसरमा नगरपालिकाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरु एवं प्रमुख प्रशसकीय अधिकृत लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    भक्तपुर, चाँगुनारायण, नगरकोट, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको प्रवेशद्वारको रुपमा काठमाडौ उपत्यकाको मध्यभागमा मध्यपुर थिमि नगरपालिका रहेको छ । पर्यटकीय पुरातात्विक एवम् साँस्कृतिक सम्पदाले सुसम्पन्न भएर पनि पर्यटन बिकासमा यो नगरपालिका पछि परेको  छ । लिच्छविकालिन बस्ती रहेको मध्यपुरमा झण्डै ७ सय ५० को संख्यामा सानाठूला मूर्त सम्पदा एवम् १ सय भन्दा बढी अमूर्त सम्पदाहरू रहेका छन् ।

    यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसि जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखें (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ । त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुण्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ । मध्यपुर महोत्सव मध्यपुर थिमिको पर्यटन बिकासमा कोशेढुङ्गा सावित हुने नगरपालिकाले बिश्वास ब्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...

    बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

    कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष...

    गृहमन्त्रीका नक्कली पीए पक्राउ

    गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ...