News Portal

  • मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

    सन्जिब दुलालचाँगुनारायण, २४ कार्तिक २०८१
    २९९ पटक
    चाँगुनारायण, २४ कार्तिक २०८१

    चाँगुनारायण क्षेत्रका बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेका बताएका छन् ।

    चाँगुनारायण-४ स्थित चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सहकारीका सञ्चालकले ऐन नियम तथा सहकारीको मर्म बाहिर गएर लगानी गर्ने तथा बचत रकम अपचलन गर्ने प्रबृत्तिले सहकारी धारासायी भएको बताएका हुन् ।

    ”अहिले फलानो सहकारीको यति रकम हिनामिना सञ्चालक फरार जस्ता समाचार मात्र प्राथमिकतामा छन् ।” उनले भने, ”यसमा दोष बचतकर्ताको पनि रहेको छ।” बचत कर्ता ब्याजको लोभमा पर्दा रकम फसेको उनको भनाइ छ ।

    कुनैपनि सहकारीले धेरै ब्याज दिन्छु भन्दैमा पत्याउनु नहुने र त्यो ब्याज कसरी र कहाँबाट पैसा ल्याएर दिन्छ भन्ने बुझ्नुपर्ने उनले बताए । सहकारीले कहाँ कहाँ लगानी गरेको छ भनी बचत कर्ताले नहेर्दा सञ्चालकहरूले आफूखुसी जहाँ पायो त्यहाँ धितो विना नै लगानी गर्दा देशभर सहकारीमा समस्या आएको श्रेष्ठको भनाई थियो ।

    ” कहाँ लगानी गर्नहुने,  कहाँ  नहुने र के गर्नु नहुने, के नहुने भनी सचेत सहकारी अहिलेपनि समस्यामा छैनन् ।”उनले भने । समुदायमा नै आधारित हुँदा सहकारी नडुव्ने रहेछ भनी प्रमाणित भएको समेत उनले बताए ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, छिन्नमस्ता महिला सहकारीकी अध्यक्ष सपना तामाङ, ग्रामीण अपागंता केन्द्रका रामकृष्ण पौडेल, चाँगु झौखेल दुवाकोट खानेपानीको अध्यक्ष प्रधुम्न पोखरेल लगायतका वक्ताले सहकारी ऐन नियम अनुसार नै चलेमा कहिले पनि नडुव्ने दावी गरे ।

    साधारण सभामा उत्कृष्ट बचत कर्ता, सेयर सदस्य, कर्मचारी, बाल बचत कर्ता, दैनिक बचत कर्ता, निक्षेप कर्ता आदीलाई सम्मान गरिएको थियो ।

    चम्पकको नाफा २२ लाख बढी

    देश भरका अधिकांश सहकारी घाटामा जाँदा पनि समुदायमा आधारित तथा समुदायमा नै सञ्चालन भएको कारण चम्पकमा समस्या नभएको साधारण सभामा जानकारी गराइएको छ । यो वर्ष चम्पकको नाफा २२ लाख ६ हजार रहेको सो अवसरमा जानकारी गराइयो ।

    यस अघिको वर्ष ३५ लाख ५८ हजार ७ सय ६४ रुपैंया नाफा कमाएको संस्थाले यो वर्ष देशमा आएको मन्दी आदिका कारण २२ लाख ६ हजार मात्र नाफा गर्न सकेको जनाएको छ ।

    चम्पकको कुल सम्पत्ति भने २३ करोड ६७ लाख ४५ हजार २ सय ९५ पुगेको संस्थाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...