News Portal

  • शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०८१
    ८३६ पटक
    भक्तपुर, २८ कार्तिक २०८१

    सत्तारुढ दल नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीले शनिवार अधिवेशन गर्ने भएको छ । एमालेले नंखेलस्थित सेराटन पार्टी प्यालेसलाई अधिवेशनस्थल बनाएको छ ।

    अधिवेशनका लागि सबै वडाको अधिवेशन सम्पन्न गरिसकिएको नगर अध्यक्ष रविन्द्र सापकोटाले बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष सापकोटाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गर्ने तयारी रहेको पनि जानकारी गराए ।

    नगर अध्यक्ष सापकोटाले जनाए अनुसार सूर्यविनायकमा एमालेका ३ हजार ४ सय २७ संगठित पार्टी सदस्य रहेका छन् । बन्द सत्रमा सहभागी हुन प्रत्येक वडाबाट वडागत रुपमा २५ सदस्य बराबर १ प्रतिनिधि र दलित/उत्पीडित तर्फ १० सदस्य बराबर १ प्रतिनिधि गरी १० वटा वडाबाट कूल १ सय ४५ प्रतिनिधि चयन गरिएका छन् । त्यसैगरी आयोजक समितिका ७१ जना, पार्टीका ११ वटा जनवर्गीय संगठनबाट ११ जना, बिधान बमोजिम ५ प्रतिसत महिला छान्दा ११ जना गरी कुल २ सय ३८ जना महाधिवेशन प्रतिनिधि रहने छन् ।

    अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जिल्ला अधिवेशनमा देखिएको गुटगत प्यानल नगर अधिवेशनमा नहुने एमालेको जिकिर छ ।

    जिल्ला अध्यक्ष बचन देउजाले ४ नम्बर र ९ नम्बर वडामा मात्र निर्वाचनबाट नेतृत्व चयन गरिएको जानकारी गराउदै बाकी सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताएका छन् ।”जिल्ला अधिवेशनपछि एमालेमा गुटगत अराजकता हुन्छ भन्नेहरुलाई वडा अधिवेशनले राम्रो संदेश दिएको छ ।” उनले भने ।

    पार्टीमा हुने आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई जीवन दिने तर अराजकतालाई पार्टीले छुट नदिने उनले स्पष्ट पारेका छन् । शनिवार हुने अधिवेशनले सर्वसम्मतरुपले नेतृत्व चयन गर्ने अध्यक्ष देउजाले दावी गरेका छन ।

    सो अवसरमा एमाले भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतले केही वर्ष अघि सम्म जिल्लामा कमजोर स्थितिमा रहेको नेकपा(एमाले) अहिले प्रमुख शक्तिका रुपमा रहेको जिकिर गरे । यसमा सबै नेता कार्यकर्ताको योगदान रहेको बताउदै उनले सांगठनिक एकता बिना उपलब्धी रक्षा हुन नसक्ने स्पष्ट पारे । सूर्यविनायक नगरपालिकामा एमालेको नेतृत्वमा स्थानीय सरकार रहेको छ भने कार्यपालिकामा दुई तिहाइ मत एमालेकै छ । इन्चार्ज बस्नेतले सो बिरासत अझ बढाउँन अधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बिश्वास व्यक्त गरेका छन् ।

    एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतले एमाले सुतिरहेको बाघ भएको बताए । सुतेको बाघको जुँगा उखल्न खोज्नेहरुलाई तह लगाउनपर्ने उनले जिकिर गरे । एमाले कमजोर भयो भन्ने हल्ला फ़ैलाइएको भन्दै उनले ७ मंसिरमा उपत्यकाको शक्ति देखाउने कार्यक्रम रहेको पनि बताएका छन ।

    उनले प्लेन र पार्टी पुरानो नहुने भन्दै एमालेले आफूलाई आउट डेट नभई अपडेट गरेको बताए । सो अवसरमा नेता बस्नेतले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले नभई अदालतको आदेशले अनुसन्धान गरिएको जिकिर पनि गरे । दिपक मनांगे जेल चलान हुँदा उनका ग्याङ्गले बिरोध नगरेका उल्लेख गर्दै उनले भने ” रास्वपा दिपक मनांगेको ग्याङ्ग भन्दा खत्तम रहेछ ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...