News Portal

  • वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८१
    ६४५ पटक
    भक्तपुर, ७ मंसिर २०८१

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो ।

    शुक्रबार आयोजित समापन कार्यक्रममा सर्वोत्कृष्ट करदाताको रुपमा वेदालय कन्ट्रक्सन प्रालि पुरस्कृत भएको छ । मध्यपुर थिमि -२ ठेगाना रहेको सो कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आयकरतर्फ सबैभन्दा बढी कर बुझाएको प्रमुख कर अधिकृत दिलिप कुमार गौतमले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सो कन्ट्रक्सनका संचालक जयराम अर्याललाई सम्मान पत्रसहित पुरस्कृत गरे । जयराम यस अघि क्षमादेवी ग्रुपमा आवद्ध रहेपनि ३ वर्षयता वेदालय कन्ट्रक्सन प्रालिको संचालन गर्दै आएका छन् । सो अवसरमा २७ वर्ष सेवा पुर्याएका आन्तरिक राजश्व कार्यालय भक्तपुरका कार्यालय सहयोगी ईश्वर थापा पनि उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् ।

    प्रमुख कर अधिकृत दिलिप कुमार गौतमले दिएको जानकारी अनुसार आन्तरिक राजश्व कार्यालय भक्तपुरमा ४३ हजार ४ सय ३३ व्यवसाय दर्ता छन् । ब्यतिगत तर्फ भने १ लाख ५ हजार ६ सय ६५ करदाता रहेका उनले बताए ।

    गत आर्थिक वर्षमा ४ अर्व ८६ करोड ५२ लाख ५१ हजार कर असुली गरिएको जानकारी गराउदै उनले लक्षको ८८ प्रतिसत कर असुली भएको बताए । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ६ अर्व ९ करोड १९ लाख ८३ हजार रुपैया कर उठाउने लक्ष लिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ अर्व ५० करोड ९६ लाख ४१ हजार कर दाखिला भएको जानकारी दिंदै प्रमुख कर अधिकृत गौतमले अघिल्लो आर्थिक वर्षको यहीँ अवधिको तुलनामा १ सय ९ प्रतिसत प्रगती भएको पनि जानकारी गराएका छन् ।

    कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद आचार्य, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौबञ्जा, भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजा लगायतको आतिथ्यता रहेको थियो । घमराज पोखरेलले संचालन गरेको सो कार्यक्रममा कर अधिकृत सरोजकुमार सिंह लगायतले करका विविध विषयहरुबारे प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...