News Portal

  • शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    ललिता साहभक्तपुर, ८ मङ्सिर २०८१
    ४६२ पटक
    भक्तपुर, ८ मङ्सिर २०८१

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ छ ।

    भक्तपुरको दरबार क्षेत्र स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको १०१औ बार्षिकोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै उनले भनिन्, “अभिभावकलाई महँगो विद्यालय पढाउनु परेको बाध्यता अन्त्य गर्न बागमती प्रदेश सरकार नि :शुल्क गुणस्तरीय शिक्षाको बाटोमा नितिगत रुपमै हिडिसकेको छ, सामुदायिक विद्यालय अब्बल बनाउन हामी सबै लाग्नैपर्छ ।”

    पछिल्लो समय युवाहरू पलायन हुँदै गर्दा देश वृद्धाश्रम बन्ने खतरनाक निराशाको दृश्य देखिएको बताउदै उनले युवा आफ्नै देशमा राख्न विज्ञान, प्रविधि र अनुसन्धानका कामहरु गर्नुपर्नेमा जोड दिइन । रोजगारी र आयआर्जनमा शिक्षा जोडिन सके बिदेश पलायन रोकिने उनले बताइन् ।

    बागमती प्रदेशले ल्याएका पढ्दै कमाउँदै सिक्दै कार्यक्रम प्रदेशको सबै विद्यालयहरूले लागू गर्नुपर्ने मन्त्री खड्कीले निर्देशन समेत दिएकी छन् । बागमती प्रदेशले प्रादेशिक शिक्षालय संचालनको अवधारणामा काम गरिरहेको उनले बताइन । प्राविधिक र ब्यवसायिक जनशक्ति उत्पादनमा यसले मद्दत गर्ने उनको भनाइ छ ।

    श्रीपद्मको भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी प्रदेश सरकारको भएको भन्दै त्यसमा लाग्ने बजेट ब्यहोर्ने मन्त्री खड्कीले प्रतिबद्धता पनि प्रकट गरेकी छिन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशीको अध्यक्षतामा समारोहमा प्राचार्य राम हाडाले विद्यालयको वार्षिक शैक्षिक / भौतिक / आर्थिक / प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
    कुनै बेला कक्षा दुई सम्म मात्रै पढाई हुने श्री पद्ममा हाल बाल कक्षादेखि स्नातक तहसम्म पढाई हुदै आएको उनले उल्लेख गरेका छन् ।

    यो विद्यालय २०७३ सालमै नमुना विद्यालय घोषणा भएको हो । श्री पद्मले उज्यालोको शताब्दी पार गरिरहँदा विद्यालयलाई थप अब्बल र असल अभ्यासहरुमा देशकै अग्रस्थान ल्याउनुपर्ने चुनौती छ ।

    विद्यालय ३१ रोपनी १४ आना बढी जग्गा क्षेत्रफलमा फैलिएको छ । बागमती प्रदेशबाट भौतिक संरचनाको लागि डिपिआर भएर भवन निर्माणको लागि १६ करोड विनियोजन भएपनि हाल बजेट कार्यन्वयन प्रकृया रोकिएकोले प्रदेश सरकारको तर्फबाट सो बजेट निकासाको प्रकृया अघि बढाइदिन प्राचार्य हाडाले मन्त्री खड्गी संग आग्रह गरेका छन् ।

    समारोहमा विद्यालयको आधारभूत तहदेखि स्नातक तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने २० वर्षसम्म विद्यालयमा अनवरत सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो।

    सो अवसरमा बागमती बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेस श्रेष्ठ, पूर्व प्रदेश मन्त्री रजनी जोन्छे,  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल,जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकी, विभिन्न पेशागत संघसंगठनका प्रतिनिधि, शिक्षा तथा समाजसेवी, शिक्षक, अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...