News Portal

  • गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ मङ्सिर २०८१
    ५५२ पटक
    भक्तपुर, ९ मङ्सिर २०८१

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो ।

    आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रम स्थगित भएको जानकारी गराए ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य, जनमुक्ति सेनाको पूर्व ब्रिगेड कमिसार, संबिधानसभा सदस्य तथा पूर्व भौतिक योजना राज्य मन्त्री पदम बहादुर राईको निधनका कारण गणतन्त्र सेनानीहरु शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको उनले जनाएका छन् ।

    आज आइतबार अपराह्न १२ बजेबाट राष्ट्रिय नाचघर जमलमा हुने भनिएको गणतन्त्र सेनानी सम्मान कार्यक्रममा शहिद/ बेपत्ता परिवार, घाइते तथा अपाङ्ग र तत्कालीन जनमुक्ति सेनाका ४ डेपुटी कमाण्डर सहित १५ जनालाई सम्मान गरिने कार्यक्रम तय भएको थियो ।

    गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता रहने प्रचार गरिएको सो कार्यक्रममा तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर जानुका धमला सन्ध्याको सस्मरण संग्रह बारुदभित्र जीवन सार्वजनिक समेत गर्ने तयारी रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...