News Portal

  • मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० मङ्सिर २०८१
    ७२२ पटक
    भक्तपुर, १० मङ्सिर २०८१

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास भएको हो ।

    नेपाल सरकारका उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंह, प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नेपालका लागि दक्षिण कोरियाका राजदुत ताइ योङ पार्क, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय कृष्ण श्रेष्ठले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् ।

    कोरियन इन्टरनेशनल कोअपरेसन एजेन्सी(कोइका) मार्फत दोश्रो चरणको आर्थिक सहयोग प्राप्त भएपछि सुविधासम्पन्न भवन शिलान्यास भएको हो । ७ रोपनी क्षेत्रफलमा फैलिएको ५ तले नयाँ भवनको भौतिक संरचना नै ३ रोपनीमा बन्ने अस्पतालका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् । कोइकाले दोश्रो चरणमा अस्पताल बिकासका लागि १ अर्व २७ करोड रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए ।

    क्योङही नेपाल हेल्थ सेन्टरको नामले थिमिमा भाडाको घरमा शुरु भएको यो अस्पताल वि. सं. २०६६ सालमा एक गठन आदेस बाट नेपाल कोरिया मैत्री अस्पतालमा परिणत भएको थियो । बि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनपछि यसलाई नेपाल सरकारको स्थानीय विकास मन्त्रालयबाट मध्यपुर थिमि नगरपालिका मातहत ल्याइयो र यसको नाम नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल रहन गएको हो ।

    अस्पतालले आफ्नो स्थापना कालदेखि नै स्थानीय समुदायका साथै विभिन्न छिमेकी जिल्लाका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ७ सय देखि ९ सय जना सम्मले स्वास्थ्य सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिके रौसनले बताएका छन् ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रधान एवं शहरी बिकास मन्त्री श्रेष्ठले स्वास्थ्य सेवामा स्थानीयको पहुँच अभिवृद्धि गर्न सुविधा सम्पन्न भवनले मद्दत गर्ने बिश्वास ब्यक्त गरे । सो अवसरमा प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अस्पतालमा प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु सम्मेत संचालन गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसको लागि पहल गर्ने प्रतिवद्धता प्रकट गरे ।

    त्यसैगरी नेपालका लागि दक्षिण कोरियाका राजदुत ताइ योङ पार्कले दुई देशबीचको मित्रता थप बलियो बनाउन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको महत्व रहेको बताउँदै अस्पतालले आधारभूत स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउने बिश्वास ब्यक्त गरे ।

    सो अवसरमा बागमती प्रदेश सरकारका पूर्व मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्यहरु धनेश्वरी प्रजापति, भुवनकेशरी श्रेष्ठ र सुरेश श्रेष्ठ त्यसैगरी जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बादे श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, कोइका कन्ट्री डाइरेक्टर मोहेन कोङ र कान्जो सामसुङ अस्पताल कोरियाका प्रमुख डा काङ जेउ हुन् लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...