News Portal

  • उपनिर्वाचनको अग्निपरीक्षा : कीर्तिपुरमा माओवादी केन्द्र बलियो

    भक्तपुर पोष्ट संवाददाता कीर्तिपुर, १४ मङ्सिर २०८१
    २४३ पटक
    कीर्तिपुर, १४ मङ्सिर २०८१

    मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको सावजनिक अभिव्यक्ति दिएपछि मतदाताहरु थप सचेत भएका देखिन्छन ।

    पछिल्लो समय सत्तारुढ दलहरुको राजनीतिक प्रतिष्ठा कमजोर बन्दै गर्दा बिपक्षी दलहरु र स्वतन्त्र उम्मेदवारहरु हौसिएका छन् । भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा रहेको प्रचण्ड नेतृत्वको अघिल्लो सरकार ढालेर पहिलो र दोश्रो ठुलो दल नेपाली काँग्रेस र नेकपा(एमाले)ले मध्यरातमा मिलिजुली गठबन्धन गरेपछि यी दलहरु आलोचित मात्र भएका छैनन, कार्यकर्ता समेत रक्षात्मक बन्न बाध्य छन् ।

    स्थानीय तहका ४१ पदमा हुन लागेको उपनिर्वाचनमा बिपक्षी दलहरु आक्रामक भएका छन् भने सत्तारुढ दलहरु आफ्नो बचावमै केन्द्रीत देखिन्छन । जनमत कुन दलमा अथवा दलबाहिर छ भन्ने संकेतका लागि यो उपनिर्वाचनलाई ट्रेलरको रुपमा हेर्न सकिने राजनीतिक विश्लेषकहरु बताउछन् । त्यसैले पनि उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले दौडादौड गरेको देखियो भने स्वतन्त्र उम्मेदवारहरु पनि प्रसस्तै खटिएका देखिए ।

    स्थानीय तहका ४१ पदमा २ गाउँपालिका अध्यक्ष पदमा र एक नगरपालिका प्रमुखकै लागि भिडन्त भैरहेको छ । राजधानीकै नगर क्षेत्र कीर्तिपुर नगरपालिकामा प्रमुखको चुनाव हुने भएपछि उपचुनावको प्रमुख आकर्षणको केन्द्र कीर्तिपुर बन्न पुगेको प्रष्ट छ, सबैको ध्यान यतातिरै खिञ्चिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुरको प्रमुख पदमा यो पटक जीतको नजिक देखिएको दावी गर्दै आएको छ । कीर्तिपुरको नगर प्रमुखमा माओवादीले प्राडा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको दिन देखि नै बौद्धिक वर्ग उत्साहित देखिएका छन् ।

    पूर्ण साक्षर नगर भएकोले पनि मतदाताले शिव शरणको बौद्धिक छवि मन पराएका छन् । बौद्धिक, बिकासका अगुवा, निष्कलङ्क, सामाजिक व्यक्तित्व, सहयोगी भावना र सरल स्वभावका प्राडा महर्जन कीर्तिपुरवासीबिच निकै लोकप्रिय छन् । कीर्तिपुरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक न्याय, सुशासन, भौतिक पूर्वाधार लगायत क्षेत्रमा विशेष योगदान गरेका उनी घरदैलोमा जाँदा पाएको मतदाताको प्रतिक्रिया बाट निकै उत्साहित भएको बताउँछन् ।

    पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको जनमत केन्द्रीत भएको र आफूलाई हरेक वर्ग र पेशाका मतदाताले माया र आशिर्वाद दिएको प्राडा महर्जन सुनाउँछन् । ”घर दैलोमा जाँदा मतदाताले बिकास बारे गुनासो गर्नुभयो” उनले भने, ” कतिपयले अघिल्लो पटक न्याय गर्न नसकेको भन्दै यस पटक न्याय गर्ने बचन नै दिनुभयो ।” उनले जितको आधार सुनाए ।

    अघिल्लो निर्वाचनको तुलनामा अहिले नेकपा एकीकृत समाजवादी, जसपा, नेसपा र स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी लगायतले समर्थन गरेका कारण पनि जित सहज हुने माओवादीको बिश्वास छ ।

    कीर्तिपुरमा सबैभन्दा बढी चर्चामा रहेका उम्मेदवार हुन् प्रा.डा. शिवशरण महर्जन । नेकपा (माओवादी केन्द्र) ले महर्जनलाई अगाडि सारेसँगै कीर्तिपुरमा राजनीतिक हलचल ल्याएको थियो । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म डा. महर्जनको पक्षमा चुनावी माहोल र चर्चा एकपछि अर्को बढ्दै गएको छ ।

    विहीबार कीर्तिपुरका बुद्धिजीविहरुले सुशासनको लागि पनि डा. शिवशरणलाई जिताउनैपर्ने बताए । कीर्तिपुरको विकासको लागि डा. शिवशरण जतिको सक्षम व्यक्ति नभएको बुद्धिजीवीहरुले बताएपछि उनको माहोल अझ बलियो बन्न पुग्यो ।

    ‘म माओवादी बाहिरको भएपनि उहाँको नैतिक, आदर्श र उच्च सामाजिक व्यक्तित्वका कारण हामी उहाँलाई जिताउन खटिरहेका छौं ।’ नागरिक अगुवा श्याम श्रेष्ठले भने ।

    त्यसैगरी प्र.डा.चन्द्रमान बज्राचार्यले डा.महर्जनको जित शुनिश्चित रहेको बताउँदै कीर्तिपुरमा भिजनसहितको यतिको उम्मेदवार पाउँदा नगरवासी खुसी भएको बताए । उनले कीर्तिपुरको घरघरमा र मनमनमा डा. महर्जन भएको बताए । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा(एकीकृत समाजवादी )का उपाधयक्ष राजेन्द्रप्रसाद पाण्डेले प्राडा शिवशरणको जीत घोषणा गर्न मात्रै बाकी रहेको बताए । उनले अहिलेसम्मको माहौल मौन अवधीभर बचाउन सकेमात्रै पनि जीत पक्का भएको जिकिर गरेका छन् ।

    विहीबार अन्तिम चुनावी सभामा ब्यापक मतदाताकाे सहभागिताले पनि जनताकाे घरघरमा शिवशरण पुगेकाे पुष्टि भएको र जित सुनिश्चित देखिएको पूर्व उपसचिव एवं स्थानीय समाजसेवी प्रकाश महर्जन बताउँछन् ।

    उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल र एमालेबाट केन्द्रीय सदस्यसमेत रहेका डा.सुरेन्द्र मानन्धर चुनावी मैदानमा छन् । मुख्य प्रतिष्पर्धा तीन दलका उम्मेदवारबीच रहने आकलन गरिएपनि अन्य दल र स्वतन्त्र उम्म्मेद्वारले पनि उत्साहपूर्वक घरदैलो अभियान सम्पन्न गरेका छन् । आज मध्यरातबाट उपनिर्वाचनको मौन अवधी शुरु हुँदैछ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...