News Portal

  • अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मङ्सिर २०८१
    ८७१ पटक
    भक्तपुर, १६ मङ्सिर २०८१

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई गस्तीको व्यवस्थापन, समस्याको समाधान, योजना निर्माण र टोली निर्माणका विभिन्न सीपहरू सिकाइएको थियो।

    भक्तपुर युथ स्काउट क्रूका अध्यक्ष प्रकाश दुवालको सभापतित्व र नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक विजेन्द्र लाल ध्वजुको प्रमुख आतिथ्यतामा सञ्चालित सो एकदिने प्रशिक्षण कार्यक्रममा स्काउटसंग आबद्ध व्यक्तिहरूको जमघट थियो । अक्सफोर्ड प्राक्टिकल स्कूलका संस्थापक अध्यक्ष तथा स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक राम दुवाल, सोही विद्यालयका प्रिन्सिपल रवि दुवाल, स्काउटका सहायक प्रशिक्षकद्वेय रुबिना छुस्याबजी र सितामाया त्वायनाबासुका साथै एड्भान्स स्काउट मास्टरद्वेय मिलन श्रेष्ठ तथा राज्यलक्ष्मी कैतीको पनि सो कार्यक्रममा उपस्थिति थियो।

    त्यस्तै चाँगुनारायण नगरपालिकाका स्थानीय आयुक्त राजकुमार जरेजु पनि सम्मिलित सो कार्यक्रमको संयोजन एड्भान्स स्काउट मास्टर बेबिस देसेमरुले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रबिना दुवालले गरेका थिए ।

    भक्तपुरका चारवटै नगरपालिकाका विभिन्न नौवटा स्काउट ट्रूपहरुसित आबद्ध करिब पचासी जना स्काउट नेताहरु सो कार्यक्रममा सहभागि थिए। सहभागी स्काउट ट्रूपहरुमा गुण्डु स्काउट ट्रूप, अक्सफोर्ड स्काउट ट्रूप, लिटल वर्ल्ड स्काउट ट्रूप, हिमालयन स्काउट ट्रूप, लनर्स स्काउट ट्रूप, ग्लोरी स्काउट ट्रूप, जनप्रेमी स्काउट ट्रूप, लिसा स्काउट ट्रूप र फूल ब्राइट स्काउट ट्रूप थिए।

    कार्यक्रममा विभिन्न प्रशिक्षकहरूले स्काउट नेतृत्वको महत्वबारे चर्चा गर्दै गस्ती नेताहरूले आफ्नो जिम्मेवारी कसरी प्रभावकारी ढङ्गले पूरा गर्न सक्छन् भन्ने विषयमा समूहगत गतिविधि, भूमिका निर्वाह, र व्यावहारिक अभ्यासमार्फत आफ्नो क्षमता विकास गराउने खालका क्रियाकलापहरू गराए । जस अन्तर्गत प्रशिक्षकहरुमा विजेन्द्रलाल ध्वजुले लिडरशिप ट्रेनिङ, रुबिना छुस्याबजीले पट्रोल सिस्टम, मिलन श्रेष्ठले डेमोन्स्ट्रेसन् अफ ट्रूप मिटिङ्ग र दीपक सुवालले इमोसनल म्यानेजमेन्टको बारे छुट्टाछुट्टै प्रशिक्षण दिए ।

    कार्यक्रमको अन्त्यमा अतिथि, प्रशिक्षक र सहभागी ट्रूपका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गर्दै आफ्नो छुट्टा छुट्टै मन्तव्यमा कार्यक्रमका प्रमुख अतिथि प्रकाश दुवाल र राम दुवालले यस्ता तालिमले युवाहरूलाई नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने बताए । प्रशिक्षार्थीहरूले पनि कार्यक्रममा सहभागी भएर नयाँ कुरा सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...