News Portal

  • भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मङ्सिर २०८१
    २०१ पटक
    भक्तपुर, १६ मङ्सिर २०८१

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् ।

    ३७ औँ विश्व एड्स दिवसको अवसरमा आइतवार राधेराधेमा दिप प्रज्ज्वलन कार्यक्रममा कार्यालय प्रमुख खतिवडाले एचआईभी एड्स रोग नलुकाई उपचार गर्न आग्रह पनि गरे । एड्स रोग पनि अन्य रोगहरु जस्तै सामान्य रोग बन्दै गएको बताउँदैं उनले रोगविरुद्ध जित हासिल गर्न मनोवल उच्च राखी उपचार प्रक्रियामा सामेल हुनुपर्नेमा जोड दिए । “सुरुमा रोग लाग्नै नदिनेतर्फ सचेत हुने र रोग लागिसकेको भए उपचार गरेर मनोबल उच्च बनाउने गर्नुपर्छ ।” उनले भने ।

    कार्यक्रममा नर्सिङ अफिसर रुपा प्याठले एचआईभी एड्सका तथ्यांकहरु पेश गर्दै नेपाल, एसिया प्रसान्त क्षेत्र र विश्वमै यो रोगको अवस्थाको बारेमा गराएकी थिइन् । तथ्यांक अनुसार नेपालमा हरेक दिन एक जना एचआईभी संक्रमित हुने गरेका छन् । सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार बताए व्यक्तिहरुमा एचआईभी संक्रमण भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको...

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...