News Portal

  • मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ पुस २०८१
    ६८३ पटक
    भक्तपुर, ७ पुस २०८१

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा ९ स्थित मदरल्याण्ड स्कुलले गत वर्ष बाट शुरु गरेको मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड टाइटल प्रतियोगिता सिजन २ सम्पन्न भएको हो ।

    करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) मा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड-२०८१ घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ न्यूरोन लोहला भएका छन् ।

    साथै, सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड-२०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ भइ विजेता भएका छन् । सिजन १ को वीनर मास्टर जेशिक नेपाल र मिस सुवास्ना कार्कीले सिजन २ को विजेतालाई क्राउन र अवार्ड प्रदान गरेका थिए ।

    यसैगरी जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनरअप, अक्षा श्रेष्ठ सेकेण्ड रनरअप, श्रीयम्शी श्रेष्ठ थर्ड रनरअप भएका छन् । जुनियर छात्रतर्फ फष्ट रनरअप सविन श्रेष्ठ, सेकेण्ड रनरअप रियान लामा र थर्ड रनरअफ अभिषेक थापा भएका छन् । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र थर्ड रनरअप प्रसादी वस्नेत भएका छन् । सिनीयर ग्रुप छात्र तर्फ फस्ट रनरअप रसिक लवजू, सेकेण्ड रनरअप सामुयल खड्का र थर्ड रनरअप जेशन बराल भएका छन् । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव-टाइटलद्वारा सम्मान गरिएको थियो ।

    मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८१ सिजन २ को उद्घाटन गर्दै सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसनीय भएको भन्दै विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन  यसले मद्दत मिल्ने बिश्वास ब्यक्त गरे ।

    किताबी ज्ञानका अलवा अतिरिक्त क्रियाकलापले विद्यार्थी मैत्री सिकाइ हुने बताउदै मेयर थापाले नगरपालिकाले विद्यार्थीको चौतर्फी बिकासमा ध्यान दिएर काम गरिरहेको पनि बताए ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका बिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकारसहित विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुकोउल्लेेख सहभागिता रहेको थियो ।

    कोरियोग्राफर सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गरेका थिए । ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, काठमाडौ यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शशी कायस्थ(कस्पाल), मोडर्न हण्ट-२०२३ का वीनर द्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए ।

    साथै, ट्यालेन्ट राउन्डको निर्णायकमा भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह-प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।

    छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिएकी छन्  । उक्त प्रतियोगितामा ८,९ र १० वर्षको जुनियर ग्रुप एवं ११,१२ र १३ वर्षको सिनीयर ग्रुप गरी २६ छात्रा र २६ छात्र जम्मा ५२ जनाले प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।

    कार्यक्रमको सपोर्टर मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर (बद्री थापा) र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट (ग्रीष्मा शाक्य) तथा सबै मिडिया पार्टनरका साथै विद्यालय परिवार र अभिभावकलाई प्रिन्सिपल खड्काले धन्यवाद ज्ञापन गरेका छन् । उनले प्रतियोगिता हरेक वर्ष गर्दैजाने प्रतिवद्धता पनि प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...