News Portal

  • नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    भक्तपुरपोस्ट संवाददाताबिराटनगर, ७ पुस २०८१
    १५९ पटक
    बिराटनगर, ७ पुस २०८१

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् ।
    फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।

    होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बीआरआईलाई कुनै पनि वहानामा विवादीत बनाउन नहुने बताए । नेपाल र चीनबीचको साँस्कृतिक तथा आर्थिक सम्बन्ध अत्यन्त पुरानो रहेको बताउनुहुँदै मन्त्री राईले बीआरआईलाई अनुदान वा ऋण हो भनि विवादित बनाउन नहुने बताए । साथै मन्त्री राईले मुलुकको विदेश नीति परिपक्व नहुँदासम्म त्यो राजनीतिक दलहरुको सत्तामा पुग्ने भर्याङ मात्र हुने पनि प्रष्ट पारे ।

    कोशी प्रदेशका पूर्व समाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले बीआरआई परियोजना नेपालको हितमा रहेको बताउदै बीआरआईले नै नेपाललाई भारतवेष्ठित परनिर्भरतालाई हटाउने विश्वास व्यक्त गरे । विश्वको समृद्धिसँग जोडिएको बीआरआईलाई नेपालको पूर्वाधार विकास र कनेक्टिभिटीमा जोड्न सक्दा यसले नेपालको समृद्ध बनाउने भएकाले बीआरआई परियोजनामा नेपाल जोडिएकोमा त्यसलाई सबैले स्वागत गर्नुपर्ने धारणा राखेका थिए ।

    कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता क्षेत्रको विकासमा चीनको विकासलाई सदूपयोग गर्नुपर्ने बताए । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउदै सांसद अधिकारीले प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा भएका बीआरआईसँग सम्बन्धित परियोजनाहरुलाई स्वागत गर्नुपर्ने धारणा राखे ।

    कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गणेश प्रसाद उप्रेतीले चीनको बीआरआई परियोजनाबाट नेपालले महत्वपूर्ण सहयोग प्राप्त गर्न सक्ने भए पनि बीआरआई सम्झौताको व्यवहारिक पक्ष अहिलेको सरकारले पुरा गर्न नसक्ने हो कि भनि चिन्ता व्यक्त गरे । साथै उनले केपी शर्मा नेतृत्वको सरकार आफै बीआरआईका बारेमा अन्योलमा रहेको पनि उल्लेख गरे ।

    कोशी प्रदेशका प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले नेपाल र चीनबीच प्राचीनकालदेखिनै ऐतिहासिक सम्बन्ध रहेको भन्दै नेपालको पूर्वाधार विकासमा चीनले महत्वपूर्ण सहयोग गरेको बताए । चीन सरकारको सहयोगमा निर्माण भएको कोदारी राजमार्गमार्फत नेपाल र चीनको व्यापारीक सम्बन्ध अझ विकास भएको बताउदै सांसद पालुङ्वाले नेपालको पर्यटन क्षेत्रको विकासमा चीनले ठूलो सहयोग गर्न सक्ने भएकोले नेपालका पर्यटकीय गन्तब्यका बारेमा चीन सरकारले प्रचार प्रसार मार्फत सहयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।

    कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले प्रधानमन्त्री केपी शर्माओलीले हालै गरेको चीनको औपचारिक भ्रमणमा भएका दशबुदे सम्झौताले नेपालको विकास निर्माणमा महत्वपूर्ण परिवर्तन हुने विश्वास व्यक्त गरे । साथै उनले चीनको हजारौं वर्ष पुरानो भाषा, संस्कृति र जीवनशैलीबाट नेपालीले पनि सकारात्मक सन्देश प्राप्त गर्न सक्ने प्रष्ट पारे ।

    चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले नेपाल बीआरआईको सदस्य देश भएको जानकारी दिनुहुँदै चीनको विकासबाट कसरी फाईदा लिन सक्छौं भन्ने कुरो महत्वपूर्ण भएकोले सबैले यस विषयलाई ध्यान दिनुपर्ने बताए । साथै सचिव पौडेलले चिनियाँ रेल नेपालहुँदै भारतसम्म विस्तार गर्दा त्यसले भारतलाई अझ धेरै फाईदा पुग्ने बताए ।

    अग्रज पत्रकार यज्ञ प्रसाद शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न गर्नुभएको चीनको औपचारिक भ्रमणको प्रसंग उल्लेख गर्दै सो भ्रमणका क्रममा नेपाल र चीनकाबीचमा बीआरआई अन्तरगत भएका सहमतीहरुलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    क्यापिटल मिडिया ग्रुपका अध्यक्ष शुशिल राउतले चीनले विश्वलाईनै आश्चर्यमा पार्ने हिसावले विकास निर्माण गरिरहेको जानकारी दिदै असल छिमेकी भएको नाताले नेपालले पनि चीनको जस्तै विकास ल्याउन सक्नुपर्नेमा आवश्यकता औल्याए । यसका लागि चीन र नेपालका सञ्चारगृहहरुबीचको आदान प्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने उनले सुझाव समेत दिए ।

    चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटीएन नेपाली विभागका प्रमुख सुमेघाले नेपाल र चीनबीच जनस्तरमा दिनानुदिन सम्बन्ध विकसित हुँदै गएको बताउदै नेपालको भौतिक पूर्वाधार क्षेत्रको विकासमा चीनको निरन्तर सहयोग गरिरहेको जानकारी दिए । चीन र नेपालले विकास निर्माण लगायतका क्षेत्रमा साझेदारी गरिरहेको र बीआरआई मार्फत नेपालले आगामी दिनहरुमा अझ धेरै फाइदा लिनसक्ने उनको भनाइ छ ।

    कार्यक्रम आयोजक संस्था फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले सुधार र खुलापन सुरु भएको ४५ वर्षको अवधिमा चीन विश्वको दोस्रो अर्थतन्त्र बनिसक्दा पनि नेपालको विकास निर्माण निन्याउरो हुनु दुःखको कुरो भएको भन्दै चीनको समृद्धिबाट दक्षिण अमेरिका र अफ्रिकी देशहरुले ठूलो फाइदा लिईरहेको बताउनुहुँदैले नेपालले पनि फाइदा लिनपर्ने प्रष्ट पारे । नेपालले चीनको बीआरआई महापरियोजनाबाट फाईदा लिन के कस्ता अभ्यासहरुलाई निरन्तरता दिनु आवश्यक छ भन्ने लगायतका विषयमा बीचार बुझ्ने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरिएको उनले जानकारी गराए ।

    नेपाल चीन जनमैत्री परिषद्का पूर्व अध्यक्ष तथा सीआरआई स्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व उपाध्यक्ष लोकेन्द्र काफ्लेले भगवान गौतम बुद्धको शान्तिको सन्देश फैलन सुरु भएसँँगै चीन र नेपालको सम्बन्ध सुरु भएको बताए । भृकुटी, अरनिको, फा स्यान, बुद्धभद्र लगायतका महामानवहरुले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उनले जानकारी दिए ।

    सीआरआई स्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व केन्द्रीय सदस्य डा. नविन चापागाईले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त पुरानो रहेको बताउदै सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध अझ प्रगाढ हुँदै गएको बताए । साथै डा. चापागाईले नेपाल र चीनको सम्बन्ध मित्रता, समानता र सम्मानमा आधारित भएको धारणा व्यक्त गरे ।

    सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पदाधिकारी तथा सदस्यहरु, शिक्षक, कानून व्यवसायी, विद्यार्थी, समाजसेवी र सञ्चारकर्मी समेत गरि झण्डै १५० जनाको सहभागिता रहको थियो ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...