News Portal

  • बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ पुस २०८१
    १७१७ पटक
    भक्तपुर, ९ पुस २०८१

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयमा उनी स्वास्थ्य सचिव पदमा नियुक्त हुने भएकी हुन् ।

    संघीय सरकार मातहत ११ औं तहकी कर्मचारी रहेकी डा गौतमलाई सचिवको जिम्मेवारी दिने मन्त्री परिषदले निर्णय गरेसंगै उनको सचिव बन्ने ढोका खुलेको हो । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सिफारिसमा सोमबार बसेको मन्त्री परिषद बैठकले डा गौतमलाई बागमती प्रदेशको स्वास्थ्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य सचिव बद्री खड्काको अवकाशपछि सो पद रिक्त रहेको थियो ।

    संघीय सरकारको निर्णय संगै जनस्वास्थ्य तर्फका कर्मचारी सचिव बन्ने ट्रेण्डलाई तोड्दै डा गौतम प्रदेशमा पहिलो प्राविधिक सचिव बन्ने पक्कापक्की भएको प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरका स्वकीय सचिव संजीव थापाले बताएका छन् ।

    डा गौतमलाई सचिव बनाउने संघीय मन्त्रीपरिषदको निर्णय प्रदेश स्वास्थ्य मन्त्रालयमा प्राप्त भैसकेको भन्दै उनले प्रदेश सरकारको अब बस्ने मन्त्री परिषद बैठकले डा गौतमलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने जानकारी दिए । “बिहीबार बस्ने प्रदेश मन्त्री परिषदको बैठकले डा सुमित्रा गौतमलाई स्वास्थ्य सचिव पदमा नियुक्त गर्नेछ ।” भक्तपुर पोस्टसंग उनले भने ।

    स्वास्थ्य मन्त्री किरण थापा मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने लबिङमा थिए । डा गौतमलाई सचिव नियुक्त गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओली सम्म कुरा पुर्याएका श्रोतले जनाएको छ । भक्तपुर अस्पताललाई प्रदेशकै सर्वोत्कृष्ट अस्पताल बनाउन सफल डा गौतम गोल्ड्मेडलिस्ट चिकित्सक हुनुका साथै अब्बल प्रशासनीक नेतृत्व सावित कर्मचारी हुन् । आफू नेतृत्वको हरेक अस्पताललाई उदाहरणीय बनाएकी डा गौतमको स्वास्थ्य सचिवमा नियुक्तिले प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...