News Portal

  • बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ पुस २०८१
    ७३५ पटक
    bhaktapur policeभक्तपुर, ९ पुस २०८१

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनापछि फरार जेठा छोरा मिलन आचार्यले मंगलबार आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

    खोटाङको रुपाकोट मजुवागढी- १ स्थायी घर भएका २६ वर्षीय मिलन २२ वर्षीय भाइ प्रवीणसंग ३ वर्षदेखि बालकोटमा डेरा गरी बस्दै आएका थिए । मिलन र उनका भाइ प्रवीणलाई भेट्न केही दिन अघि उनीहरूका ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य डेरामा आएका थिए । कुलप्रसाद र कान्छा छोरा प्रवीण आचार्यको शव हत्या गरिएको अवस्थामा सोमबार फेला परेको थियो भने डेरामा जेठा छोरा मिलन आचार्य भने थिएनन् ।

    साढे ३ तले घरको भुइँ तलामा २ वटा कोठा लिएर बसेका आचार्य दाजुभाइको तितो सम्बन्ध बारे छिमेकी पनि बेखबर छन् । बाबु र भाइको शव छुट्टाछुट्टै कोठामा फेला परेपनि मिलन सम्पर्क बिहीन रहेकाले हत्याको सूइ उनीतर्फ सोझिएको थियो ।

    शनिवार राति घटना भएको थियो । कोठामा एकाएक ताला मारेर शुन्यता छाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । सोमबार बिहान बेग्लाबेग्लै कोठामा बाहिरबाट ताला लगाइएको अवस्थामा प्रहरीले शव फेला पारेपछि घटना बाहिर आएको थियो ।

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार आत्मसमर्पण गरेका मिलनले हत्या स्वीकार गरेका छन् । जीन्दगी देखि बिरक्त लागेर तनावकाबीच उनले बुवा र भाइको हत्या गरेको बयान दिएका बताइएको छ । हत्याको कारणमा प्रहरीले चित्त बुझाउन सकेको छैन । यद्यपि, यसबारे प्रहरीले पुष्टि भने गरिसकेको छैन ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी माधव प्रसाद बुढाथोकीले अनुसन्धान निस्कर्ष नजिक रहेको र घटनाबारे छिट्टै सत्यतथ्य बाहिर ल्याउने बताए ।

    अपडेट :

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी रहेका सूचना अधिकारी ढुण्डिराज नेउपानेले मिलनले आत्मसमर्पण गरेको नभई उनलाई प्रहरीले हुलियाको आधारमा पक्राउ गरेको बताएका छन् । प्रहरी बृत्त महाराजगन्ज काठमाडौ बाट खटिएका प्रहरीले मिलनलाई हुलियाको आधारमा भाटभटेनी  स्टोर्स क्षेत्रमा हिडिरहेको अवस्थामा पक्राउ गर्न सफल भएका उनको भनाइ छ ।

    पक्राउ परेका मिलनले हत्या गरेको स्वीकार गरेका डिएसपी एवं सूूूचना अधिकारी नेउपानेले पुष्टि  गरेका छन् । मिलनलाई भक्तपुर ल्याइएको र प्रहरी बृत्त थिमिमा राखी थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...