News Portal

  • एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    भक्तपुरपोस्ट संवाददातासानोथिमि, १२ पुस २०८१
    ६८८ पटक
    सानोथिमि, १२ पुस २०८१

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो ।

    नियमित विद्यार्थीका साथै बैकल्पिक, खुला र प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो र परीक्षा दस्तुर लगायत आवश्यक कागजातसहित फारम बुझाउन पर्ने सूचनामा बताइएको छ ।

    सूचना अनुसार विद्यार्थीले भरेको फारम विद्यालय मार्फत सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ हुँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा माघ १२ गते भित्र प्राप्त भैसक्नुपर्ने छ । समय भित्र परीक्षा दस्तुर तिरेको भौचर उपलब्ध नगराउने विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुन नपाउने ब्यवस्था रहेकाले प्रत्येक वर्ष केही विद्यालयको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षामा सामेल हुन बाट बन्चित हुनुपर्ने अवस्था समेत देखिने गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सूचना बमोजिम समयमै परीक्षा दस्तुर सहित परीक्षा आवेदन फारम भर्न, भराउन र बुझाउन भक्तपुर पोस्ट मार्फत आग्रह गरेका छन् ।

    हेर्नुस् सूचना

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...