News Portal

  • सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ पुस २०८१
    ५५० पटक
    भक्तपुर, १६ पुस २०८१

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।

    महासंघ केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले उनलाई कोष हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले कोषाध्यक्ष लेखा राख्ने पद मात्र नभई कोष वृद्धिको जिम्मेवारी बहन गर्ने बताए । पत्रकार कल्याणकारी कोषको ब्यवस्थापनमा आफ्नो अर्जुन दृष्टि रहने प्रतिबद्धता प्रकट गर्दै घिमिरेले कोषाध्यक्ष पदको गरिमा बढाउने गरी मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गरे । घिमिरे भक्तपुर पोस्टका सम्पादक समेत हुन् । उनी यस अघि महासंघ जिल्ला शाखा भक्तपुरको सचिव रहेका थिए ।

    पद हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष टेनिस रोका र महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले घिमिरेले अघि सार्ने प्रदेशको कोष वृद्धि र पत्रकार कल्याणकारी योजनामा आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...