News Portal

  • प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    बाबुराम दाहाल भक्तपुर, १६ पुस २०८१
    ५९८ पटक
    भक्तपुर, १६ पुस २०८१

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने भएको छ । माघमा हुने केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाले अधिवेशनको मिति तय गरेको हो ।

    प्रेस सेन्टरको भक्तपुरमा पालिका समितिहरु समेत रहेको छ । जिल्ला अधिवेशन अघि सबै पालिका शाखाको अधिवेशन सम्पन्न गरिने जिल्ला अध्यक्ष संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् । प्रदेश अध्यक्ष नवराज दाहाल र जिल्ला इन्जार्ज एकराज दाहालको आतिथ्यतामा सम्पन्न बैठकले पालिका शाखामा अधिवेशन सम्पन्न गर्न संयोजक समेत तोकेको उनले जानकारी दिए ।

    बैठकले चाँगुनारायण नगरपालिकामा सचिव मदन ढुङ्गाना, सूर्यविनायकमा कोषाध्यक्ष निराजन सिलवाल, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा क्रमशः सहसचिवद्वय प्रदिप श्रेष्ठ र निसा कुस्मालाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको बताइएको छ ।

    त्यसैगरी बैठकले उपाध्यक्ष बाबुकाजी श्रेष्ठलाई जिल्ला अधिवेशन प्रचार समिति संयोजक, महिला उपाध्यक्ष कन्चन किसीलाई अतिथी सत्कार र बाबुराम दाहाललाई ब्यवस्थापनको जिम्मेवारी दिएको छ । जिल्ला अधिवेशनको निर्वाचन समिति संयोजकको जिम्मेवारी भने शिक्षक जगन्नाथ डुम्रेले पाएका छन् । उनले यस् अघि सम्पन्न दोश्रो जिल्ला अधिवेशनमा समेत सोही जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...