News Portal

  • ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०८१
    ८५२ पटक
    भक्तपुर, २१ पुस २०८१

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    शनिबार सूर्यविनायकमा सम्पन्न तेस्रो अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष संजीप शुभचिन्तकले जनाएका छन् । ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्ष रहेका छन् ।

    अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि त्यसैगरी बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको बताइएको छ ।

    अधिवेशनमा प्रमुख अतिथि रहेका नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले कुर्सी, पद र प्रतिष्ठालाई केद्रमा राखी सत्ताधारीहरु सत्रुतापूर्ण ब्यवहारमा ओर्लिएका बताएका छन् । यस्तो प्रवित्तिले नेतान्याहु जन्मने खतरा औल्याउदै प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा नेता गुरुङले जोड दिए । बहुदलमा दलहरूबीच समन्वय हुनुपर्नेमा निशेधको सोच बढ्नु प्रत्युत्पादक हुने उनले प्रष्ट पारे ।

    दलाल पूजीवादले सर्वसत्तावादलाई बढावा दिएको बताउदै महासचिव गुरुङले विश्व साम्राज्यबादको लाइन पनि यहीँ भएको उल्लेख गर्दै नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको आरोप लगाए ।
    वर्गीय अन्तर्विरोध पहिचान गरि अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै उनले तबमात्र समाजवाद सम्म पुग्न सकिने बिचार ब्यक्त गरे ।

    कार्यक्रममा विशेष अतिथि रहेका प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरलाई सरकार समर्थक दुई ठुला संगठनले रोक्न खोज्दाखोज्दै पनि शान्दार जीत हासिल गरेको भन्दै देशको राजधानी रहेको उपत्यकामै अरु संगठन बढारिएका बताए ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, जिल्ला संयोजक सुनिल बासु त्यसैगरी प्रेस सेन्टरका उपाध्यक्ष एवम् उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

    सो अवसरमा वरिष्ठ पत्रकार बलराम थापालाई सहिद बैकुण्ठ हरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल भक्तपुरले स्थापना गरेको सो पुरस्कार शनिवार वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो ।

    सो पुरस्कारको राशी रु १० हजार र सम्मान पत्र रहेको छ । थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश,जनता र सर्वहारा वर्गलाई हित पुर्याएको योगदानको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरको नेतृत्वमा निर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...