News Portal

  • कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ पुस २०८१
    १३०४ पटक
    भक्तपुर, २६ पुस २०८१

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो ।

    निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै निर्देशनालयले उक्त सडक निर्माणको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको बेला निर्माण कम्पनी स्वयम्ले ठेक्का रद्द गरेको घोषणा गरेको हो ।

    निर्माण कम्पनीले भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँग बारम्बार भएका सम्झौता उल्लंघन र वित्तीय समस्याका कारण सडक निर्माणको सम्झौता रद्द गरेको जनाएको हो ।

    ‘निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र यसले परियोजनाको वित्तीय स्थायित्वलाई गम्भीर रूपमा असर पारेकोले सम्झौता रद्द गर्ने निर्णयमा पुगेका हौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    विशेषगरी, गत २०८० असोज ९ गते प्रमाणित गरिएको आईपीसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकोले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर परेको निर्माण कम्पनीले जनाएको छ ।
    विज्ञप्तिमा निर्देशनालयले महत्वपूर्ण प्रस्तावहरू, जस्तै एस्फाल्ट कन्क्रिट कामहरूको स्वीकृतिमा लापरबाही गरेको र यसले परियोजनाको प्रगतिमा गम्भीर ढिलाइ ल्याएको उल्लेख गरिएको छ । ‘हामीले यस परियोजनालाई अगाडि बढाउन हरेक सम्भाव्य प्रयास गरेका थियौँ । तर, बारम्बार भएका गल्तीहरू र समाधानको अभावले हामीलाई सम्झौता रद्द गर्न बाध्य बनायो,’ विज्ञप्तिमा भनिएको छ ।
    एससीसीपीएल–एआईपीएल संयुक्त उद्यमले निर्देशनालयले बारम्बार औपचारिक सूचना दिएको भए पनि ती गल्तीहरू समाधान नगरेको भन्दै गुनासो गरेको छ । ‘हाम्रो कथा बारम्बार दबाइएको छ । यस परियोजनाका वास्तविक पीडित हामी हौँ, जसले असह्य नोक्सानको सामना गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्ने प्रयास ग¥यौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तीमा निर्देशनालयलाई सबै बाँकी भुक्तानी, वित्तीय शुल्कहरू, र संरचित रूपमा डिमोबिलाइजेसन प्रक्रिया अघि बढाउन तत्काल कदम चाल्न आग्रह गर्दै आफ्नो हकहित सुरक्षित गर्न र नोक्सानी तथा मुनाफाको क्षतिपूर्ति असुल्न कानुनी उपायहरू अवलम्बन गर्न बाध्य हुने चेतावनी समेत दिईएको छ ।

    कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

    भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक म्याद थप हुँदैं आएको थियो । ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम करिव ३६ करोड पुगेको छ ।न्यूजअफ

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...