News Portal

  • भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ पुस २०८१
    ८८१ पटक
    भक्तपुर, २६ पुस २०८१

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कुल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको प्याब्सनिष्ट दिनेश मैनालीले जानकारी दिए । उनीहरू सर्वसम्मत निर्वाचित भएका बताइएको छ ।

    अधिवेशनले सर्वसम्मत गर्न नसक्दा सचिव र कोषाध्यक्ष पदका लागि भने मतदान गर्नुपरेको थियो ।

    इम्युनिटी स्कूलका संचालक/प्रिन्सिपल सूर्य बहादुर भण्डारीलाई भने सचिव पदमा मतदानको सामना गर्नुपर्यो । उनले प्रतिस्पर्धी उम्मेदवार डिल्ली जोशीलाई १२ मतले पछि पार्दै सचिव पद हात पारे । त्यसैगरी काेषाध्यक्षमा पनि मतदान बाट रत्नमान शंखदेव बिजयी बने । उनी एनके श्रेष्ठलाई पछि पार्दै बिजयी बनेका हुन् ।

    सह-सचिवमा लिलानाथ निरौला र सह-कोषाध्यक्षमा लक्ष्मी कुटु भने निर्विरोध निर्वाचित भएका थिए ।

    नयाँ कार्यसमितिको सदस्यहरुमा मीना महर्जन, ईश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायष्ठ, कृष्ण कार्की रहेका छन् । अधिवेशनले जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनालीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

    अधिवेशनमा १ सय २ प्रतिनिधि सहभागी रहेका थिए । दुई पद पनि सर्वसम्मत गर्नुपर्ने पक्षमा रहेका २८ प्रतिनिधिले तठस्थ रहँदै मतदान बहिस्कार गरेका बताइएको छ ।

    नवनिर्वाचित अध्यक्ष कस्पालले आफ्नो नेतृत्वको कार्यसमितिले  सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता प्रकट गर्दै निर्वाचन अधिवेशनको एक प्रक्रिया मात्र भएको र प्याब्सन भक्तपुर एक ढिक्का नै रहेको भक्तपुर पोस्टसंग प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...