News Portal

  • सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ पुस २०८१
    ८५५ पटक
    भक्तपुर, २९ पुस २०८१

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई दर्जन क्याम्पस प्रमुख नियुक्त हुँदा सानोठिमी क्याम्पसमा उनले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका हुन् ।

    आइतबार बसेको त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को बैठकले सानाेठिमी क्याम्पसमा डा. श्रेष्ठलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको प्रा उमेश लम्सालले जानकारी दिए । आइतबार परिषद बैठकले देशभरका २४ क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । यसै क्रममा मेरिटोक्रेसी(योग्यताक्रम)का आधारमा सानोठिमी क्याम्पसमा श्रेष्ठ नियुक्त भएका उनले बताए ।

    क्याम्पस प्रमुख नियुक्त उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ त्रिवि स्वास्थ्य तथा शारीरिक शिक्षा विषय समितिका अध्यक्ष हुन् । रामेछाप स्थायी घर भएका उनी नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय प्राध्यापक संगठनमा आवद्ध रहेका छन् । उप प्राध्यापक डा. श्रेष्ठ त्रिवि प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई सभापति समेत हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...