News Portal

  • सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ माघ २०८१
    ७१८ पटक
    भक्तपुर, ६ माघ २०८१

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् ।

    आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने हो भने जस्तोसुकै विकसित राष्ट्रमा पनि भेटिन्छ तर खोज्ने सकारात्मकता हो ।” बिकसित देशहरुका सञ्चार माध्यमले आशाका कुरा र सम्भावनाका कुरा गरिरहँदा कतिपय नेपाली मिडियाले निराशा र कुण्ठाको मात्र कुरा गरेर समाजलाई भड्काइरहेको उनको भनाइ छ ।

    प्रेस जगत बलियो बने मात्र लोकतान्त्रिक प्रणाली बलियो बन्ने बताउँदै प्रजिअ अर्यालले ब्यक्ति विशेषका कमजोरीलाई लिएर ब्यवस्था प्रति आक्रमक हुन नहुने अभिव्यक्ति दिए । प्रेस स्वतन्त्रताको सम्मान गर्दै उनले प्रेस जगतले स्व-अनुशासन कायम राख्नुपर्ने पनि आवश्यकता औल्याएका छन् ।

    सो अवसरमा सिडिओ अर्यालले भक्तपुरमा सुशासनको पक्षमा सञ्चार जगतले गराउने ध्यानाकर्षणलाई सदैव स्वागत गरिने बताए । उनले सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउन, शान्ति सुरक्षा कायम गर्न र कालोबजारी नियन्त्रण गर्न लगायतका काममा सञ्चार जगतले सहयोग गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।

    कार्यक्रममा भक्तपुरका प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले सूचनालाई प्रमाणित गरेर मात्र प्रवाह गर्नपर्नेमा जोड दिए । प्रहरीले नदेखेको कुरा सञ्चारकर्मीले देख्न सक्ने भन्दै उनले अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र दुर्ब्यसनीको रोकथाम लगायतमा सहकार्य गरेर अघि बढ्ने बताए ।

    कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौबन्जाले पत्रकार महासंघ संग सस्थागत सहकार्यको प्रस्ताव अघि सार्दै महासंघको भवन निर्माण र कल्याणकारी कोषमा उद्योग बाणिज्य संघले सहयोग गर्ने बताइन् ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तकले श्रमजीवी पत्रकारको हकहित एवं स्वरोजगारमूलक मिडियाको संरक्षणमा उपत्यका प्रदेश अघि बढ्ने योजना प्रस्तुत गरे । त्यस्तै, जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले शाखाको भवन बनाउने विषयमा जोड दिए ।

    ङातापोल एक्सप्रेस दैनिकका प्रकाशक विश्वराम दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार ईश्वरकाजी खाइजूले गरेका थिए । उक्त अवसरमा ङातापाेल एक्सप्रेस दैनिकका सम्पादक विजेन्द्र ध्वाेजू र अग्रज पत्रकार विश्वबहादुर दुवालले प्रविधिको बिकासले सञ्चार माध्यममा पारेको प्रभावबारे चर्चा गर्दै पत्रकारिताको अवस्था, चुनौती र अवसरबारे प्रकाश पारे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...