News Portal

  • रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ माघ २०८१
    २२७ पटक
    भक्तपुर, ११ माघ २०८१

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ । ७४ वर्षिय शाक्यको बुधबार राति हृदयघातका कारण निधन भएकाे हो ।

    शाक्यको पार्थिव शरीरलाई शुक्रबार अपराह्न सूर्यविनायकस्थित उनको निवास हुँदै भक्तपुर नगर परिक्रमा गराई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । आजै उनको अन्त्येष्टि समेत गरिएको छ ।

    युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, नेपाल भाषा विराट साहित्य गुथिका पनि पूर्व अध्यक्ष शाक्य जातीय तथा भाषिक अधिकार आन्दोलनका अथक योद्धा थिए ।

    उनका ‘न्ह्योलं पाचिने मफुगु विश्वास’, ‘जङ्ग बहादुरया सल’, ‘इ व जि’ लगायत काव्यकृतिहरू प्रकाशित छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...