News Portal

  • चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ फागुन २०८१
    १५६६ पटक
    भक्तपुर, २ फागुन २०८१

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको निशान गाडीले दिउँसो करिब १ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट चाँगुनारायण-५ पिखेलका ७२ वर्षिया केकई मग्राती मगरको मृत्युु भएको हो । उनलाई केएमसी अस्पताल दुवाकोट पुर्याइएको र उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुन्डिराज नेउपानेले जानकारी दिएका हुन् ।

    निशान चालक भक्तपुर- १० कमलबिनायकका ईन्द्र नारायण सितखु रहेका र उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...