News Portal

  • कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ फागुन २०८१
    १०८९ पटक
    भक्तपुर, २ फागुन २०८१

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ । यस वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा दोश्रो भएको यो नगरपालिका कार्यसम्पादन मूल्यांकनमा भने पहिलो बन्न पुगेको हो ।

    राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको परिणाम अनुसार मध्यपुर थिमि नगरपालिकाले १०० पूर्णाङ्कमा ७०.७ अङ्क प्राप्त गरि जिल्ला प्रथम भएको प्रेस संयोजक जगत प्रजापतिले जानकारी दिए ।

    आयोगको परिणाम अनुसार चाँगुनारायण नगरपालिकाले ६२.६ अङ्कसहित दोस्रो र भक्तपुर नगरपालिकाले ६२ अङ्क प्राप्त गरि तेस्रो स्थान हासिल गरेको छ । यसमा भक्तपुरका ४ स्थानीय तहमध्ये सूर्यबिनायक नगरपालिकाको भने कन्तबिजोक भएको छ । १०० पूर्णाङ्कमा ३७.७ अङ्क मात्र प्राप्त गरि सूर्यविनायक सबैभन्दा पछि परेको छ ।

    प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...