आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो । त्यही...बाँकी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरू गरेको हो । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ । १...बाँकी
सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै...बाँकी
अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा शालिकराम पोखरेल नियुक्त भएका छन् । डा पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक पनि हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । बैंक तथा...बाँकी
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले चुनाव हार्ने निश्चित रहेको बताएका छन् । वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने उनले बताए । संयोजक गौतम माओवादी केन्द्रको चुनाव...बाँकी
आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो...बाँकी
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले जित सुरक्षित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् । मंगलबार निर्वाचन आयोग पुगेका गौतमले उक्त पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा...बाँकी
आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको...बाँकी
प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए...बाँकी
सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई पुनः फिर्ता पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपतिले अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित...बाँकी