News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

    काठमाडौं, २५ भदौ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडाउनको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम...बाँकी

    चिडियाखानाका जीवजन्तुु सङ्कटमा

    ललितपुर, २५ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो...बाँकी

    सरकारले सुनेन निमुखाको गुहार

    काठमाडौं, २५ भदौ । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ । कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन् । बजारमा माग नभएको कारण देखाउँदै...बाँकी

    दसैंलाई दृष्टिगत गर्दै लामो दूरीका बस खुलाउने तयारी

    काठमाडौं, २५ भदौ । उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ । बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको...बाँकी

    दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

    काठमाडौं, २४ भदौ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये...बाँकी

    कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

    काठमाडौं, २४ भदौ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता...बाँकी

    विद्यालयको पाठ्यभार घटाउने तयारी

    काठमाडौं, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी...बाँकी

    आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

    जलेश्वर, २४ भदौ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर...बाँकी

    आवधिक ऋणको ब्याजदर बढाउन नपाइने

    काठमाडौं, २४ भदौ । घर तथा सवारी कर्जा जस्ता व्यक्तिगत आवधिक कर्जा लिने ऋणीहरू अब पटकपटक कर्जाको ब्याजदर बढ्ने चिन्ताबाट मुक्त भएका छन् । यसअघिसम्म बैंकले प्रत्येक ३ महिनामा आधारदर परिवर्तन गर्दा कर्जाको ब्याजदर पनि...बाँकी

    कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

    काठमाडौं, २३ भदौ । कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझावसहितको...बाँकी