News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    छुटेकाले तत्काल कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही...बाँकी

    २ करोड घुस प्रस्ताव गरेका अधिवक्ता पोखरेललाई सातदिने स्पष्टीकरण

    नेपाल कानुन व्यवसायी परिषद्ले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन...बाँकी

    भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी

    काठमाडौंकोमा कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते

    काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन्...बाँकी

    अपांग बालिकालाई करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

    सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–५ हलेगाभाका ५६ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका छन्। भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको...बाँकी

    काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर...बाँकी

    साँखुको खोला किनारमा शव भेटियो

    काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखुमा एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।   खोलाको नजिक शव भेटिएपछि...बाँकी

    सडक बालबालिकाको मिर्गौला झिकेर बेच्ने पाँच जना पक्राउ

    सडक बालबालिकाको मिर्गौला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई...बाँकी

    आजबाट डोलेश्वर र आशापुरीमा एकमहिने मेला शुरु

    आजबाट डोलेश्वर र आशापुरी महादेव मन्दिरमा एकमहिने साउने मेला शुरु भएको छ । चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको हो । आजदेखि सुरु भएको मेलामा भक्तपुर, ललितपुर,...बाँकी

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका- २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा...बाँकी