News Portal

  • बिबाहित महिलाद्वारा प्रहरी जवानको हत्या

    इभक्तपुर संवाददाताकञ्चनपुर, २ माघ
    ४६० पटक
    कञ्चनपुर, २ माघ

    भीमदत्तनगरपालिकामा एक महिलाद्वारा जवान पुरुषको हत्या भएको छ । वडा नम्बर १८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय ससस्त्र प्रहरी राजु बोहराको चक्कु प्रहार गरी गएराती हत्या गरिएको हो ।

    बोहरासँग १ महिनादेखि बस्दै आएकी कैलालीकी ३० वर्षीया महिला धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

    राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बनामा परेका थिए भने धर्मा विवाहिता हुन् ।

    कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले आवश्यक अनुसन्धान भैरहेको भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...

    मौसमीफ्लू कि कोभिड कसरी थाहा पाउने

    कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका...

    रहेनन् पूर्व सांसद एवं साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर

    साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय...

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख...

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की...