News Portal

  • शरणार्थी जीवन बिताइरहका रोहिंग्या शरणार्थी फिर्ता

    ३ माघ
    ६९१ पटक
    ३ माघ

    बंगलादेशमा शरणार्थी जीवन बिताइरहका म्यान्मारका लाखौं रोहिंग्या मुस्लिमहरूको फिर्तीको समय तालिकाबारे दुई देशबीच मंगलबार सहमति भएको छ ।

    बंगलादेशको बलुखली शिविरमा मंगलबार खानेकुरा पर्खंदै रोहिंग्या मुस्लिम शरणार्थीहरू ।

    सहमतिअनुसार म्यान्मारले हरेक दिन ३ सय रोहिंग्या शरणार्थीलाई फिर्ता लग्न तयार भएको बंगलादेशले जनाएको छ । बंगलादेशी अधिकारीले नयाँ सहमतिअनुसार २ वर्षभित्र सबै शरणार्थी फिर्ता भइसक्ने लक्ष्य लिएका छन् ।
    म्यान्मारको राखिने राज्यमा सन् २०१६ को अगस्टयता फैलिएको हिंसाका कारण ६ लाख ४० हजार रोहिंग्या विस्थापित भएका थिए । उनीहरू बंगलादेश र म्यान्मारको सीमाक्षेत्रमा बनाइएका अस्थायी शिविरमा बस्दै आएका छन् । म्यान्मारको सेनाले कारबाही थालेपछि उनीहरू भागेर बंगलादेश पुगेका हुन् ।
    सहायता संस्थाहरूले उनीहरूको म्यान्मार फिर्तीबारे बारम्बार आवाज उठाउँदै आएका छन् । बंगलादेशले परिवारका सदस्य तथा बालात्कारपछि जन्मिएका बालबालिकालाई सकभर सँगै फिर्ता गर्ने लक्ष्य लिएको जनाएको छ ।
    यद्यपि विस्थापित शरणार्थीहरूले आफूहरूको म्यान्मार फिर्तीबारे भने गम्भीर चासो व्यक्त गर्दैै आएका छन् । कोक्स बजारस्थित शरणार्थी शिविरका सामुदायिक नेता सिराजुल मोस्तोफाले भने, ‘शरणार्थीको फिर्तीबारे सम्झौता भएकोमा हामी अहिलेसम्म अस्पष्ट छौं ।’
    उनले आफूहरूका प्रमुख तीनवटा माग रहेको बताए । मोस्तोफाले आफूहरूलाई रोहिंग्याको रूपमा नागरिकता दिनुपर्ने, जमिन फिर्ता गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरमै सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अन्यथा यो हाम्रा लागि राम्रो हुँदैन ।’
    बंगलादेशका विदेश सचिव साहिदुल हकले भने आफ्नो सरकार सकभर चाँडो रोहिंग्या म्यान्मारमा फिर्ता होऊन् भन्ने चाहेको बताए । उनले भने, ‘हामीले उनीहरूलाई सातामा १५ हजार रोहिंग्यालाई फिर्ता लैजान आग्रह गरेका थियौं । तर उनीहरू दिनको ३ सयका दरले सातामा १ हजार ५ सयसम्म लैजान तयार भए ।’
    उनले अन्त्यमा आफूहरू उनीहरूको भनाइअनुसार सम्झौता गर्न बाध्य भएको बताए । हकले फिर्ती संख्याबारे हरेक ३ महिनामा पुनर्विचार गरिने सहमति भएको जनाए ।
    म्यान्मारका विदेश सचिव यु मिन्ट थूले शरणार्थीको फिर्ती जनवरी २३ देखि सुरु हुने बताए । उनले तीनवटा संक्रमणकालीन शिविर निर्माणाधीनरहेको बताए । उनले सरकारले नयाँ
    गाउँ निर्माण गर्ने योजनासमेतगरिरहेको बताए ।
    राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका प्रवक्ताले म्यान्मारलाई शरणार्थी समस्याको कारण र संकटको उचित समाधान गर्न आग्रह गरे । आन्द्रेज महेसिसले शरणार्थीको सुरक्षाको प्रत्याभूति भएपछि मात्र उनीहरू म्यान्मार फिर्ता जाने बताए । महेसिसले रोहिंग्याको मुख्य बसोबासको क्षेत्र र सुरक्षाबारे उनीहरूको इच्छा र चासोको सम्बोधन हुनुपर्नेमा जोड दिए ।
    तर नयाँ सम्झौताअनुसार रोहिंग्यालाई फिर्ता लगिसक्न करिब १० वर्ष लाग्ने देखिन्छ । तर बंगलादेशी अधिकारीले रोहिंग्याहरूलाई दुई लवर्षभित्र फिर्ता पठाइसक्ने आशा व्यक्त गरेका छन् । उक्त फिर्ती दुवै देशले स्वेच्छिक भएको बताउँदै आएका छन् ।
    कतिपय रोहिंग्याले भने आफ्नो सुरक्षाको प्रत्याभूति, नयाँ घरको पुनर्निमाण र सरकारी विभेदकारी नीतिको अन्त्य नभएसम्म म्यान्मार नर्फकने बताउँदै आएका छन् । त्यसकारण म्यान्मार फिर्ता हुने रोहिंग्याको संख्या कम हुने आँकलन गरिएको छ ।
    म्यान्मार सरकारले कतिपय स्थानमा पुनर्निर्माण सुरु गरे पनि उक्त स्थान गैरमुस्लिम क्षेत्रमा पर्छ । त्यसबाहेक उसले दुई संक्रमणकालीन शिविरको निर्माण सुरु गरेको छ । तर त्यस्ता शिविरमा करिब ६० हजार मात्र मानिस अट्ने जनाइएको छ ।
    गत अगस्ट महिनामा सेनाले कारबाहीका नाममा करिब ३ सय ५० गाउँहरू जलाइदिएको थियो । राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सेनाले व्यापक मानव अधिकार उल्लंघन गरेको बताउँदै आएका छन् । केही मानव अधिकार समूहले म्यान्मारको सेनाले मानवताविरुद्धको अपराध गरेको बताउँदै आएका छन् ।
    सेनाले राखिने प्रान्तमा विद्रोहीविरुद्ध गरिएको कारबाहीका क्रममा रोहिंग्याको गैरकानुनी ज्यान लिएको आरोप अस्वीकार गर्दै आएको छ । तर उसले हिंसाबारे स्वतन्त्र रूपमा छानबिन गर्न दिएको छैन । साथै, उक्त क्षेत्रमा सहायता संस्थालाई प्रवेशमा रोक लगाउँदै
    आएको छ ।
    यसअघि गत डिसेम्बरमा राष्ट्रसंघीय मानव अधिकार प्रमुखले म्यान्मारको सरकारी फौजले रोहिंग्या मुस्लिम समुदायविरुद्ध ‘सफाया अभियान’ चलाएको बताएका थिए । गत अगस्टमा रोहिंग्या लडाकुको आक्रमणलगत्तै सैनिक कमान्डरले ३ सय ७१ जनालाई मारेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता ढकालले दिए पार्टीलाई ६ बुँदे सुझाव

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहेका भक्तपुरका युवा नेता डिपी ढकालले पार्टी लाई ६...

    विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने गतिविधि राम्रो होइनः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको...

    भारतीय दूतावासका भारतीय सुरक्षा गार्डद्धारा आफैँलाई गोली हानी आत्महत्या

    काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका...

    एसपीपीमा संलग्न भएको प्रमाण देखाउन ओलीको माग

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा...

    इनफ इज इनफः केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)...