News Portal

  • ब्रम्हायणी मन्दिर नजिकै शंकास्पद अवस्थामा शव भेटियो

    बाबुराम दाहालभक्तपुर, ३ माघ
    १३८२ पटक
    भक्तपुर, ३ माघ

    बुधवार बिहानै भक्तपुरको ब्रम्हायणी मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको मृत अवस्थामा शव फेला परेको हो ।

    शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर भक्तपुृरले जानकारी गराएको छ । मृतकको टाउकोमा ढुंगाले हानेको गम्भीर चोट भेटिएको प्रहरीको भनाइ छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले हत्या आशंकामा २ जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको इभक्तपुरलाइ जानकारी दिएका छन ।

    ”हामी अनुसन्धानको अन्तिम चरणमा छौ , केही समयमै वास्तविकता सार्वजनिक गर्छौ । ” डीएसपी प्रसाइले दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...