News Portal

  • यस्तो छ अमेरीकी राष्ट्रपतिको ट्रम्पको एक बर्षे यात्रा : अमेरीकी समुदाय इतिहासमै बढी विभाजित

    एजेन्सी, ७ माघ
    ११६२ पटक
    एजेन्सी, ७ माघ

    सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने ।

    अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।

    कर कटौती विधेयकका विषयमा वर्तमान् राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा हस्ताक्षर गरी कानूनको कार्यान्वयनको लागि पठाइएको छ । यसलाई लिएर उनको प्रशंसा तथा आलोचना दुबै बराबर देखिएको छ । करसम्बन्धि कानून ठूला व्यापारिक प्रतिस्ठान तथा धनीलाई उपहारको रूपमा रहेको बताइन्छ । यसले औषत अमेरिकीलाई भने थोरैमात्र प्रभाव पार्ने अनुमान गरिएको छ ।

    अमेरिकी शहर सान फ्रान्सिस्कोमा एक बैंकमा कार्यरत मुन ट्रोउङले भने, “करसुधार सम्बन्धि कानूनले बित्तीय संस्थालाई सहयोग पुगेको छ । कानून कार्यान्वयनमा आएसँगै बैंकले म र म जस्ता कामदारलाई थप एक हजार अमेरिकी डलर बोनस दिएको छ ।” कानूनले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेमा शङ्का छैन ।

    करसुधार नीति अन्तर्गत कर्पोरेट करदरलाई ३५ प्रतिशतबाट घटाएर सन् २०१८ देखि २१ प्रतिशतमा झारिएको छ ।

    ट्रम्पको नीतिले अमेरिकी धितोपत्र बजारमा तीब्र वृद्धि भएको र वेरोजगार दर घटेर गएको न्यूयोर्कका वित्तीय परामर्शदाता सान्डन के साफियरले बताए । ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा पलाएको उनी बताउँछन् ।

    ट्रम्पका सहयोगीले उहाँको निर्वाचनका समय गरेका प्रतिवद्धताप्रति राष्ट्रपति सचेत रहेको बताएका छन् । उनले घोषणा गरेका कार्यक्रमबाट फाइदा प्राप्त गर्ने केहीले भने एक बर्षमा केही सुधारका काममा शुरुभएको बताए ।

    कोलोराडोका एक सफल कृषक काइल स्मिथले भने, “मलाई ट्रम्पले धेरै राम्रा कामको थालनी गर्नुभएको जस्तो लाग्छ ।”

    ट्रम्पको पहिलो बर्ष निकै सफल भएको बताउँछन् ग्रिलीका पशु फार्मका एक कर्मचारी जो न्यूटनले भने, “ट्रम्पले हाम्रा उद्योगमा सुधारका लागि निकै सहयोग पु¥याउनुभएको छ ।” उनले कोइला उद्योग क्षेत्रमा पनि ट्रम्पको कार्यकालमा सुधार आएको बताए । ट्रम्प अमेरिकाको यस ग्रामिण क्षेत्रमा प्रसिद्ध बनेका छन् ।

    एक साना व्यवसायी ट्रेसी पार्कर भन्छन, “म उहाँको प्रशंसक हुँ । यो ट्रम्पको कार्यक्षेत्र हो र सञ्चारमाध्यमले के भन्छन् त्यो महत्वको कुरा होइन । हामी उहाँको पक्षमा शतप्रतिशत लाग्छौँ ।”

    अमेरिकी पेनसिल्भानिया विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक एभेरी गोल्स्टेनले एक बर्षको गतिविधि लेखाजोखा गर्दै भने, “मैले ट्रम्पलाई राष्ट्रपति रूपमा पहिलो बर्षभरी आजको आदर्श अमेरिकी राज्यमा कल्पना गरिनेभन्दा अनपेक्षित रूपमा विभाजित पाएँ । म यसबाट निकै दुखित छु किनकी अमेरिकी नीति पनि दिशाबिहीन बनेको छ । ”

    गाल्स्टेनले सिन्ह्वा न्यूज एजेन्सीलाई शुक्रबार दिएको लिखित अन्तवार्तामा भने, “ अहिलेसम्म जे देखियो त्यसले अमेरिकी सुधारका लागि नाटकीय कदम चाल्ने भनी निर्वाचन पहिले र सत्तामा आएपछि घोषणा भएका खतरनाक शब्दालङ्कारबाहेक केही देखिएन ।”

    अमेरिकी जनता, जसले निर्वाचन पहिले वर्तमान् राष्ट्रपति ट्रम्पलाई जसरी हेर्थे उनीहरूमा परिवर्तन आएको छैन । अर्थात् ट्रम्पको विपक्षमा मतदान गरेका अमेरिकी जनताले उनी राष्ट्रपति भएपछि पनि उनलाई हेर्ने दृष्टिकोणमा उहाँले घोषणा गरेका कार्यक्रमबाट डिमोक्रेटिक पार्टीको मजबुत मताधार क्षेत्र मानिएको न्यूयोर्कमा नागरिकहरू वेखुशी मात्र होइन क्रोधित नै छन् ।

    करिब ५० बर्षीय न्यूयोर्कवासी जानेट भन्छन, “उहाँ (ट्रम्प)ले शसक्त नयाँ कार्यक्रममा भन्दा पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएका नीति तथा कार्यक्रम उल्टाउनेमा सकेसम्म उद्दत देखिनुभयो ।”

    “उहाँले कुनै महत्वपूर्ण कानून निर्माण गर्न सक्नुभएन । उहाँ विवादास्पद मात्रै देखिनुभयो ।”

    नेतृत्व सम्हालेका दिनदेखि आएका उनका ट्वीट सन्देशले आफ्ना आशय व्यक्त गर्ने र वासिङ्टन तथा सार्वजनिक वृत्तमा तरङ्ग फैलाउने बाहेक केही नभएको बताउने पनि धेरै रहेका बताइन्छ ।

    हस्टनका व्यवसायी एली गोन्जालेजले भने, “मेरो विचारमा ट्रम्पले अनावश्यक धेरै ट्वीट गर्नुभयो र त्यसैका कारण पनि उहाँ बढी विवादमा फस्नुभयो । मेरो विचारमा अब उहाँले ट्वीटर लेख्न मात्र कम गर्नु भयो भने कम विवादित हुनुहुनेछ ।”

    प्रतिकृया दिनुहोस्

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका...

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह...

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई...