News Portal

  • ‘सत्ताको आलोचक नै प्रगतिशील साहित्यकार’

    इभक्तपुर संवाददाताकाठमाडौँ, ७ माघ
    १२१८ पटक
    काठमाडौँ, ७ माघ

    साहित्यकारले सत्ताको आलोचक र प्रतिपक्षी बनी समाजका विकृतिको विरोध र खबरदारी गर्ने तथा रूपान्तरणका पक्षमा वकालत गर्छ भने तिनलाई प्रगतिशील स्रष्टा मान्नुपर्ने बताइएको छ ।
    साहित्य सन्ध्याको नियमित मासिक ३८० औँ शृङ्खलाअन्तर्गत शनिबार आयोजित ‘प्रगतिशील कवि, कविता र नेपाली साहित्य’का बारेको परिचर्चा कार्यक्रममा समालोचक डा हरिप्रसाद सिलवालले साहित्य अनुत्पादक हो र फुर्सदको मनोविलास हो भन्ने यथास्थितिवादी मनोविज्ञानलाई विचारका माध्यमबाट हस्तक्षेप गर्दै वातावरण र व्यवहारसँग जोडेर साहित्य सिर्जना गरिनुपर्नेमा जोड दिए ।

    सो अवसरमा बालकवि नम्रता श्रेष्ठ, देवकी केसी, सानु पहाडी, अनिता लामा, नर्मदेश्वरी सत्याल, नानीमैयाँ अधिकारी, प्रा डा खेम दाहाल, वैरागी जेठा, डा टङ्क उप्रेती, कात्यायन, चूडा निर्भीक, मुकुन्द न्यौपाने, रमेश पाल्पाली, डम्बर पहाडी, नवराज श्रेष्ठ, अभ्यस्त यात्री, तीर्थराज भट्ट, सागर थपलिया र रचना दाहालले कविता, गीत र गजल वाचन गर्नुभएको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिएका छन ।

    ती कवितामा पितृसत्ताको उत्पीडन तथा अन्धविश्वास र रुढिवादको विरोध, बेरोजगारीको समस्या, स्वस्थानीको कथाका माध्यमबाट छरिएको भ्रमको शालीन विरोध गरिएका भाव थिए । वाचित सिर्जनामाथि कवि धनकुमारी सुनारले कवितामा जीवनचेतना र सौन्दर्यचेतना हुनुपर्ने तथा यसले समाजका निमुखाको आवाज बोल्न सक्नुपर्ने बताए ।

    सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाले कुनै कालखण्डमा राम्रो विचार बोकेर सुन्दर सिर्जना गरे पनि व्यवहारको कसीमा प्रगतिवादी हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा ‘हरिप्रिया–हरिप्रसाद नियात्रा पुरस्कार’ का संस्थापक पोष चापागाईँ लगायतले मङ्सिर महिनाका लागि प्राज्ञ नर्मदेश्वरी सत्यालको नियात्रालाई पुरस्कार अर्पण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...